महाकाली सिँचाइ आयोजनालाई निर्धारित समयमा सम्पन्न गरिने
महाकाली सिँचाइ आयोजनालाई निर्धारित समयमा सम्पन्न गरिने
काठमाडौँ, ३१ साउन । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले महाकाली सिँचाइ आयोजनालाई निर्धारित समयमा सम्पन्न गराउन सरकारले आवश्यक पहलकदमी लिएको बताउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा सांसद मदनकुमारी शाह गरिमाले उठाउनुभएको प्रश्नको जवाफमा मन्त्री खड्काले उक्त आयोजनाअन्तर्गत भइरहेको तेस्रो चरणको कामलाई थप प्रभावकारी बनाउन मन्त्रालयले पहलकदमी लिएको सदनलाई जानकारी दिनुभयो ।
“गत आर्थिक वर्षमा आयोजनाको पुँजीगततर्फ रु एक अर्ब १४ करोड ३५ लाख विनियोजन भएको थियो । गत आवमा सञ्चालनमा रहेका पुराना ठेक्का र चालु आवमा सञ्चालित नयाँ ठेक्का गरी कूल रु तीन अर्ब ७१ करोड ८० लाख दायित्व रहेको थियो । जग्गा अधिग्रहणतर्फ कूल रु एक अर्ब १० करोड बाँकी रहेको थियो”, मन्त्री खड्काले भन्नुभयो ।
बजेट अभावका कारण विसं २०८० वैशाख १६ सम्ममा निर्माण भएको रु २७ करोड ६७ लाख बराबरको बिल भुक्तानीका लागि जलस्रोत तथा सिँचाइ विभागमा प्रतिवेदन पेस भए पनि हालसम्म भुक्तानी हुन नसकेको मन्त्री खडकाले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाको स्वीकृत गुरुयोजना अनुसार समयमा नहर निर्माण सम्पन्न गरी तोकिएको लक्ष्य हासिल गर्नका लागि वनक्षेत्रमा पर्ने जग्गा भोगाधिकार तथा रुख कटानका लागि आव २०७९र८० देखि नै पहल हुँदै आएको थियो ।
मन्त्री खड्काले वनक्षेत्रको जग्गा भोगाधिकारका तथा रुख कटानका लागि गत असार १० गते मन्त्रिपरिषद्ले निर्णय गरिसकेको जानकारी दिनुभयो । टनकपुर मूल नहर सञ्चालनको तयार भइरहेको जनाउँदै आयोजना सञ्चालनसम्बन्धी आवश्यक कूटनीतिक पहल थालिएको उहाँले बताउनुभयो ।
महाकली एकीकृत विकास सन्धिअनुसार भारतको शारदा नहरबाट नेपालको दोधारा–चाँदनी मूल नहरलाई १० क्युमेक प्राप्त हुने व्यवस्था छ । मूल नहर निर्माण गर्न गत आवमा जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण भइसकेको बताउँदै बजेट अभावका कारण वितरण हुन नसकेको मन्त्री खड्काले जानकारी दिनुभयो ।
“नहर तथा संरचना निर्माणका लागि लागत अनुमान, डिजाइन, नक्सालगायत तयारी अवस्थामा छन् । सोको कार्यान्वयनका लागि भारतको शारदा नहरमा ‘हेड रेगुलेटर’ र भारतीय भूमिमा बन्नुपर्ने ‘लिङ्क क्यानल’ हालसम्म पनि निर्माण भएको छैन । यसले काममा केही ढिलाइ भएको हो”, उहाँले भन्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #उर्जा, #उर्जामन्त्री दिपक खड्का, #जलस्रोत तथा सिँचाइ मन्त्रालय, #राष्ट्रिय सभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्