भेरी अस्पतालमा आँखाको सर्जिकल सेवा सुरु
नेपालगन्ज, साउन ३१ गते । नेपालगन्जस्थित भेरी अस्पतालले बिरामीका लागि सेवा सुविधा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै आँखाको सर्जिकल सेवा सुरू गरेको छ ।
सो अस्पतालमा तीन वर्षअघि एउटा कोठाबाट ओपिडी सेवा सुरू गरेको अस्पतालको आँखा विभागले हाल आएर सर्जिकल सेवा पनि सुरु गरेको हो ।
यो सेवा सुरु गरिएपछि अब आँखाका बिरामीहरुले यहीँबाट न्यूनतम शुल्कमा राम्रो सहज र सर्वसुलभ उपचार सेवा पाउने भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताउनुभयो।
उहाँले भेरी अस्पतालबाटै सबै प्रकारका उपचार सेवा उपलब्ध गराउने उद्देश्यका साथ आँखाको सर्जिकल सेवा पनि सुरु गरिएको जनाउँदै आगामी दिनमा यो सेवालाई थप प्रभावकारी बनाउँदै नयाँ नयाँ प्रविधिबाट आँखाको उपचार गरिने बताउनुभयो ।
सो सेवा सञ्चालनका लागि यसअघिका अस्पताल प्रमुखहरु डा. बद्री चापागाई र डा. पवनजंग रायमाझीले पनि आ आफ्नो स्तरबाट निकै प्रयास गर्नु भएको अस्पताल प्रमुख डा. थापाले स्मरण गराउनुभयो ।
भेरी अस्पतालमा आँखाको सर्जिकल सेवा सुरु गरिएपछि अब गरिब, विपन्न र न्युन आय भएका सर्वसाधारणले पनि सहज रुपमा आँखाको शल्यक्रियासहितको उपचार सेवा पाउने भेरी अस्पताल बिकास समितिका सदस्य डा. डक्ट प्रसाद धितालले बताउनुभयो । उहाँले भेरी अस्पतालका सेवा सुविधाहरुलाई जनताका लागि सहज, सरल र प्रभावकारी बनाउने अभियान सुरु गरिसकिएको जनाउँदै सोही क्रममा सेवा सुविधा थप्ने काम पनि भइरहेको बताउनुभयो ।
अस्पतालमा सुधार ल्याउन पछिल्लो समय अस्पतालले सर्वसाधारणसँग राय सुझाव लिने काम पनि सुरु गरेको अस्पताल विकास समितिका सदस्य डा. धितालले बताउनुभयो ।
उहाँका अनुसार सुधार अभियानलाई अगाडी बढाउँदै अस्पतालले हालसम्म दिँदै आएको सेवाहरुमा लाग्ने शुल्कहरु घटाएको छ भने अनलाइन टिकटको व्यवस्था, जेष्ठ नागरिकलाई लाइन नलाग्नु पर्ने व्यवस्था, अस्पतालका चिकित्सकले लेखेको औषधी भित्रै फार्मेसीमा पाइने व्यवस्था, नयाँ भवनबाट सेवा प्रदान गर्ने व्यवस्था लगायतका सुधारका कामहरु गरिसकेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भेरी अस्पतालमा आँखाको सर्जिकल सेवा सुरु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्