पशुपतिनगरलाई वैध नाका बनाउन माग
इलाम, साउन ३१ गते । नेपाल–भारत सीमामा रहेको इलामको पशुपतिनगरस्थित नाकालाई वैध नाकाको रुपमा मान्यता दिन स्थानीयले सरकारलाई आग्रह गरेका छन् ।
पहाडी जिल्लामध्ये नेपाल–भारत निकासी–पैठारीका लागि सहज हुने पशुपतिनगर नाकालाई वैध नाकाका रुपमा सञ्चालन गरेर नेपालमा उत्पादित कृषि सामग्रीलाई भारत पठाउन सहयोग गर्न स्थानीयले माग गरेका हुन् ।
कृषि समस्याका विषयमा सूर्योदय नगर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको कार्यक्रममा सहभागी हुन इलाम आइपुग्नुभएका कोशी प्रदेश प्रमुख पर्शुराम खापुङसँग स्थानीय, व्यापारी र व्यवसायीहरुले पशुपतिनगर नाका खुला गर्दाका फाइदा र बेफाइदाका विषयमा छलफल गरेका थिए ।
छलफलका क्रममा सूर्योदय नगरपालिका –२ का सदस्य उपेन्द्रराज पाण्डेले कोशी पहाडमा कृषि र पर्यटनको विकासका लागि पशुपतिनगर नाकालाई व्यवस्थित गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । ‘यहाँबाट नेपाली किसानले उत्पादन गरेको कृषिउपज सहज ढङ्गले भारत जान पाउँदैन, भारतबाट पनि दैनिक उपभोग्य वस्तु सहज रुपले आउन मुस्किल छ’ पाण्डेले भन्नुभयो ‘भारतको दार्जिलिङ र सिक्किम घुमेर फर्कने तेस्रो मुलुकका पर्यटक चाहेर पनि पशुपतिनगरबाट नेपाल प्रवेश गर्न पाउँदैनन् । यसले हामीलाई घाटा छ ।’
नगरस्थित वाणिज्य सङ्घ अध्यक्ष प्रमोद राईले पूर्वी क्षेत्रको कृषि, पर्यटन उद्योगमा देखिएका समस्या समाधान गर्न तीन तहको सरकारले नागरिकको आवाज सुनेर काम थाल्नुपर्ने कुरामा प्रदेश प्रमुखको ध्यानाकर्षण गराउनु भएको थियो ।
करिब पाँच वर्षअघि पशुपतिनगरमा स्थापना भएको अध्यागमन कार्यालयलाई सञ्चालनमा ल्याउन भारततर्फ पनि अध्यागमनको पहल गर्न सङ्घीय सरकारले नै पहल गर्नुपर्नेमा सहभागीको जोड थियो ।
किसान, उद्योगी र व्यवसायीसँगको छलफलमा प्रदेश प्रमुख खापुङ्गले कृषि क्षेत्रका समस्या समाधान गर्न आफूले प्रदेश र सङ्घीय सरकारसँग छलफल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले कृषिको समृद्धिका लागि गर्नुपर्ने नीतिगत सुधार आवश्यक भएको भन्दै आफूले समस्या समाधानका निम्ति पहल गर्ने बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #पशुपतिनगरलाई वैध नाका बनाउन माग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्