मनमोहन अस्पतालमा मुटुको जटिल शल्यक्रिया
काठमाडौं, साउन ३१ गते । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गर्भवती महिलाको मुटुको जटिल शल्यक्रिया भएको छ ।
अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.अनिल भट्टराईले अस्पतालमा गर्भवतीको मुटुको जटिल शल्यक्रिया भएको जानकारी दिनुभयो ।
अस्पतालका अनुसार डा. भट्टराईको नेतृत्वमा चार दिन अघि नगरकोटका २२ वर्षिया ३५ हप्ताको गर्भवतीमा मुटुको जटिल शल्यक्रिया भएको हो । उहाँ मुटुको मुख्य नसा च्यातिन लागेको अवस्थामा अस्पतालमा आएको डा. भट्टराईले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अस्पतालमा मेरो नेतृत्वमा ३५ हप्ताको गर्भवतीको मुटुको जटिल शल्यक्रिया गरेका छौँ । जुन संसारमा नै जटिल र उच्च जोखिमयुक्त मुटुको शल्यक्रिया हो ।” डा. भट्टराईका अनुसार सुरुमा स्त्रीरोग विशेषज्ञको टोलीले बच्चा निकालेर मुटुको शल्यक्रिया गरेको थियो ।
बिहिबार बिरामीलाई वार्डमा सारिएको र उहाँको स्वास्थ्यमा सुधार आएको डा.भट्टराईले जानकारी दिनुभयो । यस्तो अवस्थामा थोरै मात्र ढिला गरेमा नसा फुटेर आमा र बच्चालाई बचाउन निकै मुस्कील पर्ने उहाँको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मनमोहन अस्पतालमा मुटुको जटिल शल्यक्रिया
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्