स्वास्थ्यमन्त्रीद्वारा कान्ति बाल अस्पतालमा मानसिक स्वास्थ्य एकाइ सेवाको उद्घाटन

काठमाडौँ, साउन ३१ गते । कान्ति बाल अस्पतालमा मानसिक स्वास्थ्य एकाइ सेवा सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अस्पतालमा रहेको बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य एकाइको अन्तरङ्ग सेवाको बुधबार उद्घाटन गर्नुभएको हो ।
मन्त्री पौडेलले १६ शय्याको अन्तरङ्ग सेवा विभागको अवलोकन गरी, एकाइबाट दिइँदै आएको टेलिमेडिसिन सेवाबारे जानकारी लिनुभएको थियो ।
यसअघि लगनखेलस्थित मानसिक अस्पतालले किशोरकिशोरी मानसिक स्वास्थ्य एकाइको सञ्चालनमा ल्याएको थियो । तर बालबालिकाको मानसिक स्वास्थ्योपचारलाई लक्षित गरेर अन्तरङ्ग सेवा सञ्चालनमा आएको भने यो पहिलो अवसर हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #स्वास्थ्यमन्त्रीद्वारा कान्ति बाल अस्पतालमा मानसिक स्वास्थ्य एकाइ सेवाको उद्घाटन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्