सिन्धुपाल्चोकमा प्राकृतिक प्रकोपबाट थलथलिएर सामना गरिरहेका सिन्धुबासीको समस्या समाधानका लागी मन्त्रि मास्के स्थलगत अवलोकनमा
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा बाढी तथा पहिरोबाट एवं बिभिन्न प्राकृतिक प्रकोपबाट थलथलिएर सामना गरिरहेको सिन्धुपाल्चोक बासीका समस्या समाधानका लागी बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री अमनकुमार मास्के बिभिन्न स्थानहरुमा अवलोकन गर्नुभएको छ ।
सोमबार मेलम्ची हुँदै पाँचपोखरी थाङपाल गाउँपालिका पुग्नुभएका मन्त्री मास्केले मेलम्ची र इन्द्रावती नदिले कटान गरेका सडक,खेतियोग्य जमिन,पहिरो,पाँचपोखरी प्राथमिक अस्पतालको निरिक्षण गर्नुभएको हो ।
मन्त्रालय संहालेको १ महिना नवित्दै सिन्धुपाल्चोकको मेलम्ची पाँचपोखरीको अवस्थाबारे निरिक्षण गर्नभएका मन्त्री मास्केले त्यस क्षेत्रका समस्या समाधान गर्न तत्पर रहेको बताउनुभएको हो ।
उहाँले कतिपय प्राविधिक कारणले पनि विभिन्न घटनाहरु घट्ने गरेको स्मरण गर्दै यस भेगको समस्या बारे आफु जानकार रहेको बताउनुभयो ।
पाँचपोखरी थाङ्पाल गाउँपालिकाको वडा नम्बर ३, भोताङमा रहेको लार्के खोलामा आएको भिषण बाढी पहिरोका कारण ईन्द्रावती नदी तटीय क्षेत्रमा रहेका वडा नं। १, २, ३। ४, ६, ७ र ८ का विभिन्न स्थानहरुमा रहेका सयौं हेक्टर खेतीयोग्य जमिन बगाई किसानले लगाएको बाली नाली नष्ट हुनुका साथै यस गाउँपालिकाको मुख्य सडक मेलम्ची भोताङ सडक खण्डको खाल्डे उत्तीसघारी, खसे बालुवा, तिपेनी ड्यामसाईड, माझीरुम्टी सडक खण्डहरु पूर्णरुपमा क्षति भएको छ । सो स्थानका स्थानियबासीहरुका समस्या स्थलगत रुपमा जानकारी मन्त्री मास्केले लिनुभएको हो ।
यस्तै जिरो किलो देखि याङ्ग्री सडकको समेत विभिन्न स्थानमा क्षति पुर्याई यातायात पूर्ण बन्द भएको र उक्त दिनको बाढी पहिरोको कारण बडा नं। ६ र १ जोड्ने चिण्डे झोलुङ्गे पुल, वडा नं। २ र ३ जोड्ने ईन्द्रावती याङ्ग्री झोलुङ्गे पुल, वडा नं। ४ र २ जोड्ने माहाँकाल झोलुङ्गे पुल, कटयाडकुटुङ झोलुङ्गे पुल समेत बगाएको हुदाँ आवश्यक खाद्यान्न लगायत अत्यावश्यक सामाग्रीहरुको अभाव सृजना भएकोले यस क्षेत्रका जनताको दैनिक जनजीवनलाई सहज आवश्यक बजेट व्यवस्थापन गर्न समेत गर्न स्थानियले आग्रह गरेका छन।
स्थानिय जनताको समस्या बुझ्दै मन्त्री मास्केले समस्या समाधानको लागी आफु लागिपर्ने बताउनुभयो । उहाँले आफ्नो पसिना चुहिएको भूमी पाँचपोखरी भएकाले पनि विशेष भूमिका खेल्ने बताउनुभयो ।
यस्तै उहाँले आयोजनाहरूको पहिचान गरी, कार्यान्वयनमा भएका ढिलासुस्तीको वास्तविक कारण पहिल्याई, यथोचित कारबाही अगाडि बढाई रुग्ण आयोजनाहरूको पहिचान गरी आवश्यक प्रक्रिया अघि बढाइने उनको भनाई छ ।

मन्त्रालयमा भ्रष्टाचारमा शून्य सहनशीलता आफ्नो अभियान रहेको उनले बताए । बजेट सही तरिकाले कार्यान्वयन गर्न कर्मचारीको महत्त्वपूर्ण भूमिका हुने भन्दै इमानदार भएर लाग्न आग्रह गरे ।
प्रदेश निर्वाचन क्षेत्रमा सम्बन्धित सांसदलाई उत्तरदायित्व बहन गर्ने गरी कार्यक्रम बनाउनुपर्ने पनि उनको भनाई छ । मन्त्रालयका गतिविधि सम्पादन गर्न निरन्तर छलफल गर्ने उनले बताए । कर्मचारीको वृत्ति विकासको लागि सहजीकरण गर्ने मन्त्री मास्केले बताउनु भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अमनकुमार मास्के, #बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री अमनकुमार मास्के
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्