कर्णाली राजमार्गमा निरन्तर पहिरो, पन्छाउन सकस
जुम्ला, साउन २८ गते । कर्णालीको जुम्ला र कालिकोट खण्डमा निरन्तर पहिरो गइरहेको छ । निरन्तरको पहिरोले राजमार्गमा बर्खा याममा सकस भएको हो ।
सडक डिभिजन कार्यालय जुम्लाका अनुसार साउन महिनामा मात्रै कर्णाली राजमार्गमा करिब दर्जन बढी स्थानमा पहिरो गएको छ । सडक डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख चेतन कुमार मण्डलका अनुसार राजमार्गमा निरन्तर आएको पहिरोले सकस बनाएको हो । असार र साउन महिनामा कतै ठुलो पहिरो त कतै सानो पहिरो आएका कारण समस्या भएको हो । उहाँका अनुसार निरन्तर सडकमा पहिरो जाने भएकाले त्यस क्षेत्रमा स्रोत साधन प्रयोग गरेर काम भइरहेको छ ।
उहाँका अनुसार कर्णाली राजमार्ग अन्तरगत मोल्फा र चौखोलामा ठुलो पहिरो गएको छ । सडक सुचारु गर्न गाल्जेबाट एक्स्काभेटर पठाउने तयारी भइरहेको छ । सडक डिभिजनले जारी गरेको सूचना अनुसार कालिकोटको पिलि (कल्यान खोला) मा अवरुद्ध भएको सडक एकतर्फी रूपमा सञ्चालन भइसकेको छ भने कालिकोटको चौखोला र मोल्फामा समेत पहिरो आई सडक अवरुद्ध भएको जानकारी दिएको छ ।
सडक डिभिजनका अनुसार अविरल वर्षाको कारण कालिकोटको पिलि (कल्यान खोला र मोल्फामा पहिरो आई सडक अवरुद्ध भएकाले सो स्थानमा सडक सुचारु गर्नको लागि यस डिभिजनको व्याकहोल लोडर परिचालन भई जानकारी दिएको छ । कार्यालयका अनुसार साउन २७ गते अविरल वर्षाको कारण कालिकोटको यस मोड र गगन खोलामा पहिरो आई सडक सञ्चालनमा आएको छ ।
यसैगरी साउन महिनामा जुम्ला र कालिकोट खण्डको विभिन्न क्षेत्रमा अविरल वर्षाको कारण यस डिभिजनको कार्यक्षेत्र कालिकोटको राँचुली, मोल्फा र फुर्के साँझमा आएको पहिरोले गर्दा बाटो अवरुद्ध भएको थियो । यसैगरी अविरल वर्षाको कारण सुर्खेत जुम्ला सडक खण्ड अन्तर्गतको गगने खोला र कालेखोला कालिकोटमा आएको पहिरोले गर्दा अवरुद्ध भएको बाटो सञ्चालनमा आएको थियो । यसैगरी सडकले निरन्तर पहिरो गइरहेका कारण यात्रुहरूलाई सावधानी अपनाएर यात्रा गर्न सूचना जारी गर्दै समेत आएको छ । सडकले निरन्तरको पहिरो खस्दा मर्मत खर्च पनि बढिरहेको र यसमा समस्या भइरहेकोमा जोड दिनुभयो ।
यस्तै, राजमार्ग निरन्तर पहिरो गएका कारण समस्या भइरहेको छ भने यात्रुहरूलाई उत्तिकै सकस बनाएको छ । तर राजमार्ग मर्मत र निरन्तरको पहिरोको कारणले भएको समस्या विषयमा जिल्ला विपत् व्यवस्थापन समिति तथा स्थानीय प्रशासन मौन देखिन्छ । राजमार्ग क्षेत्रमा ठुलो पहिरो पन्छाउन कतै विष्फोट गर्नुपर्ने हुन्छ भने कतै ठुलो सामग्रीको आवश्यकता पर्दछ । यस विषयमा अन्य निकायको खासै चासो देखिँदैन ।
नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतका अनुसार वर्षातको समयमा सडकको विषयमा साउन महिनाभरी छलफल तथा बैठक नराख्दा पूर्व तयारीका विषयमा जानकारी नभएको बताउनुभयो । उहाँले अहिले राजमार्ग निरन्तर पहिरो गइरहेको समयमा सडकलाई मात्रै जिम्मा भए जस्तो गर्नु राम्रो नभएको बताउँदै स्थानीय प्रशासनले बारम्बार बैठक राख्न समेत अग्रसरता नदेखाएको गुनासो पोख्नुभयो ।
प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले भने सड्कमा निरन्तर पहिरो गएपछि सडकले काम गरिरहेको जानकारी दिनुभयो । उहाँले विष्फोटको आवश्यकता भएमा सुरक्षा निकाय तयार भएको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कर्णाली राजमार्गमा निरन्तर पहिरो, #पन्छाउन सकस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ८पूर्वमन्त्री भवानी खापुङसहित नेकपा एस तेह्रथुमको सिंगो कमिटी एमालेमा समाहित






तपाईको कमेन्ट लेख्नुहोस्