Techie IT
मंगलबार, वैशाख २३,२०८२

ट्रक र बस एकआपसमा ठोक्किँदा १० घाइते


नारायणगढ, साउन २८ गते । पूर्व पश्चिम राजमार्गको पम्फा खोला माथिको पुलमा आइतबार राती दुर्घटना हुदा १० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार राती २ः३५ बजेको समयमा राप्ती नगरपालिका वडा नम्बर ५ पम्पापुलस्थित पूर्व पश्चिम राजमार्गमा काठमाडौंबाट धरानतर्फ जाँदै गरेको बस र सोही दिशाबाट आउँदै गरेको ट्रक एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

बसमा सवारमध्ये १० जना यात्रु घाइते छन् । घाइतेहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घाइते हुनेमा सप्तरी खड्क नगरपालिका २ बस्ने २३ वर्षीय हलेश्वर मण्डल, मोरङ सुनसरी नगरपालिका ४ बस्ने ४० वर्षीय मनरथ सार्की, लेटाङ नगरपालिका ५ बस्ने २४ वर्षीय धिरज न्यौपाने,  सुनसरी कन्चनरुप न.पा.१ बस्ने ३८ वर्षीय सनतन चौरासीया, सप्तरी शम्भुनाथ गाउँपालिका १२ बस्ने २८ वर्षीय दयाराम मण्डल, गढि गाउँपालिका ५ बस्ने २० वर्षीय राजदेव साह, ईलाम देउमाई नगरपालिका ४ बस्ने ४० वर्षीय सोम राई, मोरङ रंगेली नगरपालिका२ बस्ने २५ वर्षीय मोहमद अजिम, सप्तरी सुरुंगा नगरपालिका ९ बस्ने २३ वर्षीय अरविन्द कुमार यादव र भारत दार्जलिङ बस्ने २४ वर्षीय आषिक भुजेल  रहेका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #ट्रक र बस एकआपसमा ठोक्किँदा १० घाइते


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:18 am6:41 pm +0545