ठुलीभेरीमा बहाब बढ्यो, सतर्क रहन आग्रह
साउन २८ गते । अविरल बर्षाका कारण ठुलिभेरी नदीको बहाव अत्याधिक बढेको छ । डोल्पा हुँदै आउने ठुलीभेरी नदीको बहाव बढिरहेकाले सतर्क रहन नदी किनारका वासिन्दालाई बिशेष अनुरोध गरिएको छ ।
नदीको बहाव करिब ६ फिट बढेको छ । आठविसकोट नगरपालिका प्रमुख रबि केसीले नदीको आसपासमा रहेका बस्ती र बासिन्दालाई सतर्क रहन सार्वजनिक रुपमा अनुरोध गर्नुभएको छ ।
उहाँले डोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी कार्यालयका अनुसार लगातार पानी परिरहेकाले नदी बहाव थप बढ्ने सूचना प्राप्त भएको बताउनुभयो । नदीको बहाव उच्च हुँदा तटीय क्षेत्रमा बढी क्षति हुनसक्ने उहाँले उल्लेख गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले सार्वजनिक सूचना जारी गर्दै नदीको तटीय क्षेत्रका नागरिकलाई थप सतर्क रहन अनुरोध गरेको छ । प्रहरीले नदीमा माछा मार्ने, काठ दाउरा संकलन गर्नेजस्ता काम नगर्न समेत अनुरोध गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ठुलीभेरीमा बहाब बढ्यो, #सतर्क रहन आग्रह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्