धरानमा खानेपानीको महसुल वृद्धिविरुद्ध आन्दोलन
साउन २७ गते । खानेपानी महसुल वृद्धिविरुद्ध धरानका जनप्रतिनिधि, राजनीतिक दल, र स्थानीयवासीले पुन: उपमहानगरपालिका घेराउ गरेका छन् ।
खानेपानी महसुलमा नौ हजार नौ सय प्रतिशतसम्म मूल्यवृद्धि गरेपछि आक्रोशित उपभोक्ताले करिब १५ दिनदेखि महसुल घटाउन माग गरी आन्दोलन गर्दै आएका हुन्।
गत बिहीबार उपमहानगरको गेट अगाडि आन्दोलन गरेपछि खानेपानी बोर्डका अध्यक्ष तथा नगरप्रमुख हर्कराज राईले आज वार्तामा आउन मौखिक रुपमा आग्रह गर्नुभएकाे थियो। नगरप्रमुख राईले १० दललाई मौखिक रुपमा वार्तामा बोलाएकोमा असहमति जनाउँदै पुनः आज उपमहानगरपालिका घेराउ गरेको नेपाली काङ्ग्रेसको धरान अध्यक्ष श्याम पोख्रेलले बताउनुभयो । १० दलको माग भनेको वृद्धि भएको महसुल घटाउनुपर्ने माग रहेको उहाँले बताउनुभयो ।
आन्दोलनमा ‘जनता लुट्न बन्द गर’, ‘नौ हजार नौ सय प्रतिशत शुल्क वृद्धि खारेज गर’, ‘धराने जनतालाई गाली गर्न बन्द गर, खानेपानीको मूल्यवृद्धि फिर्ता गर, छाडा बोल्न पाइँदैन’, ‘जनतालाई ढाँट्न पाइँदैन,’ ‘सुरक्षाकर्मिलाई गाली गर्न पाइँदैन’ लगायतका नारासहित सयौंको सङ्ख्यामा १० दल सहित नागरिकहरुले नाराबाजी गरेका थिए ।
आन्दोलनकारीको मागलाई सम्बोधन गर्ने भन्दै नगरप्रमुख राईले पत्र लेखी आज २ बजे वार्तामा बोलाएपछि १० दलले तीन सूत्रीय मागसहित जाने भएको नेपाली काङ्ग्रेस धरानका अध्यक्ष पोख्रेलले बताउनुभयो ।
खानेपानी बोर्डका अध्यक्ष नगरप्रमुख राईले एकलौटी रुपमा मूल्यवृद्धि गरेको भन्दै धरानका जनप्रतिनिधि, राजनीतिक दलहरुले गत साउन ११ गतेदेखि मौन जुलुस निकाली वृद्धि भएको महसुलको बिल पुरानै दरमा कायम गर्न आन्दोलन सुरु गरेका थिए ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #धरानमा खानेपानीको महसुल वृद्धिविरुद्ध आन्दोलन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्