छन्देले ल्याए व्यङ्ग्यको गाइजात्रा

विगत दुई दशकदेखि निरन्तर कलाकारितामा सक्रिय हास्यकलाकार गोपाल ढकाल (छन्दे)ले आफ्नै युट्युब च्यानल छन्दे ईन्टरटेन्मेन्ट मार्फत २०८१ सालको गाईजात्रे कोशेली गठबन्धनका राजाहरु ल्याएका छन् ।
गोपाल ढकाल छन्दे नक्कली शेरबहादुर देउवा र सुरेश तिमल्सिना नक्कली के पी शर्मा वलीको चरित्रमा देखिएका छन् । देश गणतन्त्रसम्म आईपुग्दा धेरै दलहरु बने। सत्तामा रहन नेताहरुले अनेक बहाना बनाए, एक अर्कामा उचाल्ने पछार्नेदेखि सदन घेर्ने, सदन विघठन गर्ने सम्मका कामहरु भए । एक अर्कामा आरोप, प्रत्यारोप गर्दै पुन: मिल्ने अर्थात जुट्दै फुट्दै फेरी जुट्दै । जनता भन्दा धेरै कार्यकर्ता रहेको र समसामहिक विषयलाई उठान गरि राजनीतिप्रति व्यंग्य गरिएको गाईजात्रा गठबन्धनका राजाहरुलाई छोटो समयमै धेरै दर्शकहरुले मनपराउनुभएको छ ।
राजा प्रताप मल्लको पालादेखि शुरु भएको गाईजात्रालाई पर्वको रुपमा लिईन्छ । हास्यकलाकारहरुले गाईजात्राको अवसरमा विभिन्न विकृति, विसंगतिमा आफ्नो अभिव्यक्ति मार्फत् व्यंग्य प्रस्तुत गर्दछन् । विभिन्न विषयको चिरफार गर्दछन् तर वर्तमान माहोलमा हास्यकलाकारहरुले भन्दा धेरै दैनिकजसो नेताहरुले गाईजात्रा देखाएका छन् भन्ने कुरालाई भिडियोमा देखाईएको छ । पहिले फुटेको बेला र अहिले जुटेको बेला गरि दुई भागमा भिडियोलाई समेटिएको छ ।
राजु तिमल्सिनाको छायांकन, गोपाल ढकाल (छन्दे) र सुरेश तिमल्सिनाको कन्सेप्ट रहेको गाईजात्रा २०८१ गठबन्धनका राजाहरुले आम दर्शकमाझ मनोरन्जन साथै राम्रो सन्देश पनि प्रवाह गरेको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्