Techie IT
शनिबार, वैशाख १९,२०८३

काठमाडौंमा जारको पानीको अधिकतम मूल्य ४७ रूपैयाँ


काठमाडौं उपत्यकामा बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य तोकिएको छ।

बुधबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंमा बिक्री हुने पानीको जारको मूल्य तोकेको हो।

२० लिटरको जारको पानीको अधिकतम खुद्रा मूल्य ४७ रूपैयाँ र १ लिटर बोटलको पानीको मूल्य १६ रूपैयाँ राखिएको उपभोक्ता संरक्षण विभागका प्रवक्ता राकेश पाण्डेले जानकारी दिए।

विभागले निर्धारण गरेको मूल्यभन्दा बढी लिएको पाइएमा कानुनअनुसार कारबाही गरिने पनि विभागले जनाएको छ।

विभागका अनुसार निर्धारण गरेको प्रशोधित पानीको बोतल वा जार बिक्री वितरण गरेको पाइएमा उपभोक्ता हित संरक्षण ऐन, २०७५ तथा नियमावली २०७६ बमोजिम सम्बन्धित बिक्रेतालाई कारबाही गरिनेछ।

up-1723102057.jpg


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौंमा जारको पानीको अधिकतम मूल्य ४७ रूपैयाँ


तपाईको कमेन्ट लेख्नुहोस्