Techie IT
शनिबार, वैशाख १९,२०८३

शिवपुरीमा हेलिकप्टर दुर्घटना


काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकामा हेलिकप्टर दुर्घटनामा परेको छ । काठमाडौंबाट उडेको हेलिकप्टर दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको र विस्तृत विवरण आउन बाँकी भएको प्रहरीले बतायो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाष झाले हेलिकप्टर दुर्घटनामा परेको बताए । नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको हो ।

उनले भने, ‘हामी त्यहाँ जादै छौं । दुर्घटना भएको भनेर जानकारी आएको छ ।’

बुधबार काठमाडौंबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको जहाज दुर्घटना भएको झाले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #शिवपुरीमा हेलिकप्टर दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्