Techie IT
बुधबार, वैशाख १६,२०८३

सरकारलाई रास्वपाको चेतावनी- विद्युतको बक्यौता असुल नगरे कानूनी प्रक्रियामा प्रवेश गर्न नपरोस्


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले विद्युतको बक्यौता उठाउन सरकारसँग माग गरेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपा सांसद मनिष झाले बक्यौता असुल नगरे आफूहरु मौन नबस्ने चेतावनी दिए ।

उनले भने, ‘हाम्रो टाउकोमा लोन थप्दै गर्ने र उठाउनुपर्ने बक्यौता छाड्दै गर्ने ? यो सह्य हुँदैन, यस्तो सेटिङहरु मानिँदैन अब । त्यसैले हामीले योभन्दा सशक्त आवाज उठाउने र कानूनी प्रक्रियामा पनि प्रवेश गर्न नपरोस् । सरकारलाई चेतावनी छ, कृपया यस्तो सम्झौता नगर्नुस् । गरिबहरुको लाइन काट्दै गर्ने, उनीहरुलाई विदेश लखेट्ने, तर बक्यौता तिर्नुपर्नेहरु चाहिँ छाड्ने यो मिल्दैन ।’

सांसद झाले देश कुनै १५ वटा व्यापारीले नभइ हरेक नागरिकले चलाउँछन् भन्ने भाष्य आवश्यक भएको बताए ।

उनले थपे, ‘नियमले तोकेअनुसारको बक्यौता असुल गरियोस्, त्यसमा कुनै छुट हुँदैन । त्यो असुल हुनैपर्छ । नो इफ, नो बट बक्यौता असुल हुनैपर्छ ।’


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सरकारलाई रास्वपाको चेतावनी- विद्युतको बक्यौता असुल नगरे कानूनी प्रक्रियामा प्रवेश गर्न नपरोस्


तपाईको कमेन्ट लेख्नुहोस्