सांसद सोविता गौतममाथि आफ्नै निर्वाचन क्षेत्रमा दुर्व्यवहार
काठमाडौं, २१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोबिता गौतमले आफूमाथि दुर्व्यवहार भएको भन्दै अभद्र व्यवहार गर्नेमाथि कारबाही गर्न माग गर्नुभएको छ । सोमबार प्रतिनिसभाको बैठकमा शून्य समयमा बोल्दै उहाँले आफ्नो निर्वाचन कागेश्वरी मनोहरा–६ को मनोकामना टोलमा केही युवाहरुको समूहले आफूमाथि दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग गर्नुभएको हो ।
‘म बाढी पहिरोको अवलोकनका लागि मेरो निर्वाचन क्षेत्र काठमाडौँ–२ को कागेश्वरी मनोहरा–६ को मनोकामना टोलमा गएको थिएँ । अवलोकन गरेर फर्केर आउँदा चिया पसलमा १५–१० जना युवाहरु जम्मा हुनुभएको रहेछ । ति युवाहरु नसामा लठ्ठ हुनुहुन्थ्यो, ’उहाँले भन्नुभयो,‘एकाएक मलाई घेर्न थाल्नुभयो । बुढो मान्छेले बोलाएको ठाउँमा मात्र जाने भनेर प्रश्न गर्न थाल्नु भयो । चक्रव्यूह जस्तो रचियो । जथाभाबी चर्को स्वरमा मुख छाड्न थाल्नुभयो । पार्टीगत रुपमा आक्षेप लगाउने काम भयो । एक किसिमले दुव्र्यवहार गर्ने शैलीले उहाँहरु उत्रिनु भएको थियो ।’
सांसद गौतमले अहिले दुर्व्यवहार गरिएको अन्तिम समयको भिडिओको अंश सामाजिक सञ्जालमा हालिएको र ति भिडिओ हाल्ने युवा एक राष्ट्रिय दलको युवा संगठनको जिम्मेवार व्यक्ति भएको बताउनुभयो ।
‘ती भिडिओ अपलोड गर्ने व्यक्तिको फेसबुक प्रोफाइल खोलेर हेरेँ। जो व्यक्ति राष्ट्रिय दलको संवेदनशील पदमा रहेको व्यक्ति हुनुहुँदो रहेछ ! युवा संगठनको साथी हुनुहुन्छ। बाटो ढुकेर छोरी मानिसहरूलाई तर्साउने अभ्यास के यो अमर्यादित होइनरु के यो जंगली प्रकारको भएन ?,’ उहाँले प्रश्न गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सांसद सोविता गौतममाथि आफ्नै निर्वाचन क्षेत्रमा दुर्व्यवहार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्