Techie IT
बुधबार, कात्तिक २६,२०८३

जावलाखेलमा देखाइयाे रातो मच्छिन्द्रनाथको भोटो


काठमाडौं । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथ जात्राको अन्तिम दिन ललितपुरको जावलाखेलमा भोटो देखाइएकाे छ ।

मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएको चौंथो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाइएकाे हाे ।

भोटो अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपति रामसहाययादब, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका उच्च पदस्थ व्यक्तिहश्र जावलाखेल पुगेका थिए । भोटो जात्रा लिच्छवीकालदेखि मनाउने गरिएको विश्वास छ ।

कपडाको थैलीमा शीलबन्दी गरेर राखिएको मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड लागेको थियो । बाक्लो भीडकाबीच गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका थिए ।

त्यस अवसरमा राष्ट्रपति पौडेल र अन्य विशिष्ट व्यक्तिहरुले टीका र प्रसाद ग्रहण गरेका थिए । भोटो देखाएसँगै उपत्यकाको सबैभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथयात्रा समापन भएको छ । यस अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको थियो्।

क्याटेगोरी : समाचार
ट्याग : #जावलाखेलमा देखाइयाे रातो मच्छिन्द्रनाथको भोटो


तपाईको कमेन्ट लेख्नुहोस्