गृहको निर्देशन हाकिमले टेरेन, छाडे कार्यक्षेत्र
कालीकोट, साउन १७ गते । कालिकोटका अधिकांश स्थानीय तहका प्रमुख र जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख घर बसेका छन् । आर्थिक मसान्त सके लगतै सहर पस्ने बानी परेका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र सङ्घ तथा प्रदेश मातहतका जिल्ला स्थित कार्यालय प्रमुखहरू यस वर्ष पनि कार्यक्षेत्र छोडेका छन् ।
नेपाल सरकारको गृह मन्त्रालयले गरेको निर्देशन विपरीत कार्यालय प्रमुखले कार्यक्षेत्र छोडेका छन् । गृह मन्त्रालयले एक महिना अगाडी परिपत्र गदै मनसुन अवधिभर प्रमुख प्रशासकीय अधिकृत र कार्यालय प्रमुखलाई कार्यक्षेत्र नछोड्न निर्देशन गरेको थियो । तर कालिकोटका अधिकांश कार्यालय प्रमुखले जिल्ला छाडेको लामो समय भइसकेको छ ।
अहिले पालाँता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार श्रेष्ठ, पचालझरना गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारी, नरहरीनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल, तिलागुफा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत देव किरण बुढा, महावै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत इन्जिनियर प्रकाशबहादुर शाहीले कार्यक्षेत्रमा छैनन् । उहाँहरू कोही सुर्खेत त कोही काठमाडाैँ रहेका छन् । महावैका प्रमुख प्रशासकीय अधिकृत प्रकाशबहादुर शाहीले आफूलाई गृहको परिपत्र वारे जानकारी नभएको बताउनुभयो ।
यस्तै शुभकालीका गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत केन्द्रबहादुर शाही, रास्कोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जवान सिहँ बम, खाँडाचक्र नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रवलजङ शाही सुर्खेतमा रहनु भएको छ । उहाँहरूले जिल्ला छोडेको पनि दुई हप्ता बढी भइसकेको छ । कालिकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले गृह मन्त्रालयको परिपत्रमा मनसुन अवधिमा जिल्ला छोड्नु परेमा प्रशासनलाई जानकारी गराएर जानु पर्ने र लामो समय कार्यक्षेत्र बाहिर बस्न नपाइने भन्ने थियो ।
तर आफूलाई रास्कोट नगरपालिका र खाँडाचक्र नगरपालिकाले मात्र जानकारी गराएर जिल्ला बाहिर गएको भए पनि अन्य पालिकाले बिना जानकारी जिल्ला बाहिर गएको आफूले सूचना पाएको बताउनुभयो । उहाँहरू पनि नेपाल सरकारका प्रतिनिधिहरू हुनु हुन्छ । उहाँहरूले पनि नागरिकको सेवामा लाग्नु पर्छ, तर कम्तीमा गृहको परिपत्रको ख्याल गर्नु पर्ने हो कि भनेर आफुले भने गरेको बताउनुभयो । आर्थिक मसान्त सक्ने बितिनै कार्यक्षेत्र छोड्ने बानी पुरानै हो ।
कालिकोटका नौ स्थानीय तह मध्य दुई स्थानीय तहमा मात्र दरबन्दी अनुसारका प्रमुख छन् । अरू सात स्थानीय तह लामो समय देखि निमित्तले सञ्चालन गदै आएका छन् । यता जिल्ला सदरमुकाम मान्म केन्द्रित कार्यालयका प्रमुख पनि अधिकांश छैनन् । कोष तथा लेखा, जिल्ला निर्वाचन, हुलाक, मालपोत, शिक्षा विकास तथा समन्वय इकाई कार्यालय बाहेक अरू सबैले कार्यक्षेत्र छोडेको पाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गृहको निर्देशन हाकिमले टेरेन, #छाडे कार्यक्षेत्र
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्