जहाज दुर्घटनामा बाँचेका पाइलट केएमसीबाट डिस्चार्ज हुँदै, पत्रकारसँग बोल्न रोक
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बाँचेका क्याप्टेन मनिष शाक्यको स्वास्थ्य सामान्यउन्मुख बनेको छ । आजै उनलाई डिस्चार्ज गर्ने तयारी रहेको अस्पतालका प्रमुख डा. सुनील शर्माले बताए ।
आज अस्पतालले क्याप्टेन शाक्यलाई पत्रकारसँग साक्षात्कार गराउने तयारीसमेत गरेको थियो । ठूलो संख्यामा सञ्चारकर्मी अस्पतालमा उपस्थित भएका थिए । तर, नागरिक उड्डयन प्राधिकरणले अहिले उनलाई नबोल्न निर्देशन दिएको स्रोतले बतायो । दुर्घटनाको विषयमा छानबिन समिति बनेकाले उक्त समितिको प्रतिवेदन नआउँदासम्म बोल्न रोक लगाइएको हो ।
अस्पतालकी निर्देशक डा. मीना थापाले अवस्था सामान्य हुँदै गएको बताइन् ।

उनले भनिन्, ‘उपचार त उहाँको जारी रहन्छ । तर, अस्पतालमै राखिरहनुपर्ने अवस्था छैन । घरमै बसेर थेरापी र अन्य उपचारलाई निरन्तरता दिन सक्नुहुन्छ ।’
तत्कालै काममा फर्किन सक्ने अवस्था भने नरहेको उनले जानकारी गराइन् । दुर्घटनाका विषयमा क्याप्टेनसँग धेरै कुरा नगरेको उनको भनाइ छ ।
अस्पतालका प्रमुख शर्माले अस्पतालका चिकित्सकहरूको दक्षता र मिहिनेतले शाक्यलाई जोगाउन सकिएको भन्दै सन्तोष व्यक्त गजरे ।
उनले भने, ‘यो एयरपोर्टबाट नजिकै रहेको अस्पताल हो । कुनै भवितव्य पर्यो भने यहीँ ल्याइन्छ । यो अस्पताल प्राविधिकरुपमा कति सक्षम छ भन्ने पनि आमजनतालाई बुझाउन सक्षम भयौं ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #जहाज दुर्घटनामा बाँचेका पाइलट केएमसीबाट डिस्चार्ज हुँदै, #पत्रकारसँग बोल्न रोक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्