कतारी राजा नेपाल आउँदा सरकारको सवा करोड खर्च
काठमाडौ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउँदा नेपाल सरकारको १ करोड २९ लाख ५० हजार रूपैयाँ खर्च भएको छ । सो रकम अर्थमन्त्रालयले राष्ट्रपति कार्यालयलाई रकमान्तर गरेर भुक्तानी गरेको छ ।
अर्थमन्त्रालयले कतारका आमिरको नेपाल भ्रमणका क्रममा राष्ट्रपति कार्यालयबाट भएको दायित्व भुक्तानी गर्न सो रकम रकमान्तर गरी दिइएको जनाएको छ । उक्त रकम भोज, स्वागत सत्कार बिदाईको खर्च भएको बताइएको छ । कतारका आमिर गत वैशाख ११ गते दुई दिने भ्रमणमा नेपाल आएका थिए । उनी करिब २२ घण्टा काठमाडौं बसेर फर्किएका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा आमिर नेपाल आएका थिए । थानीको दुई दिने नेपाल भ्रमणका क्रममा नेपाल र कतारबीच ८ बुँदे समझदारी र सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कतारी राजा नेपाल आउँदा सरकारको सवा करोड खर्च
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्