बाढीले १५ घर परिवार विस्थापित
बिजुवार, साउन १७ गते । वर्षाका कारण भुस्बाङ खोलामा आएको बाढीले प्युठान नगरपालिकाको बुढादेवी र खरिबोट बजार क्षेत्रका १५ घरपरिवार विस्थापित भएका छन् । यहाँका आठ परिवार उच्च जोखिममा छन् ।
घर डुबानमा परेपछि विस्थापित भएकालाई आफन्तको घरमा सारिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख (डिएसपी) ईश्वर थापाले जानकारी दिनुभयो । विस्थापित हुनेमा प्युठान नगरपालिका–९ का रामबहादुर जिसी, कृष्णबहादुर जिसी, डोरबहादुर जिसी, राधा जिसी, अनिता भण्डारी, हिमाल जिसी, विष्णा सुनार, देवेन्द्र केसी र गङ्गालाल विश्वकर्मा छन् ।

यसैगरी, प्युठान नगरपालिका वडा नम्बर १० का सिर्जनशील तारा बोर्डिङ स्कुलसहित लीलबहादुर नेपाली, आत्मराम सुनार, हरिबहादुर सुनार, सूर्यबहादुर नेपाली, गीता सुनार, पार्वती सुनारको घर परिवार विस्थापित भएको प्युठान प्रहरीले जनाएको छ ।
चुदरीखोला, भुस्वाङखोला र दहखोलाको आसपास रहेका सयौँ रोपनीमा लगाइएको धानबाली खोलाले कटान गरी बगाएको छ । गत वर्ष मल्लरानी –४ खलङ्गा पातिहाल्ना बुकेनी सोला हाल्ना हुँदै अर्घाखाँची गुल्मी जोड्ने सडक निर्माण भएदेखि खोलामा बाढी आउन थालेको स्थानीयले बताएका छन् । यहाँ गत वर्षदेखि बाढी पस्ने गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बाढीले १५ घर परिवार विस्थापित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्