अब राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा सिन्दूर, टीका र टोपी लगाउन पाइने
काठमाडौं । राष्ट्रिय परिचयपत्रका लागि तस्बिर खिच्दा सिन्दूर र टीका समेत लगाउन नपाउने नियम हटेको छ ।
अब आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पोशाक र पहिरन लगाउन मिल्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।
यसअघि सिन्दूर, टिका हटाएर फोटो खिच्न लगाइन्थ्यो । तर जनस्तरबाट आलोचना भएपछि विभागले यस्तो निर्णय गरेको हो ।
गृहमन्त्रालय अन्तरगत रहेको विभागले एक परिपत्र जारी गर्दै फोटो खिच्दा स्पष्ट मुखाकृति र दुवै कान देखिने गरी फोटो खिच्नुपर्ने । फोटो खिच्दा सिन्दूर, टीका, राष्ट्रियता झल्कने टोली, धार्मिक, सांस्कृति तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा नपर्ने जनाएको हो ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अब राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा सिन्दूर, #टीका र टोपी लगाउन पाइने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्