ऊर्जामन्त्रीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट
काठमाडौँ, १६ साउन : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङले शिष्टाचार भेट गर्नुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको कार्यकक्षमा आज भएको भेटमा नेपाल–कोरिया सम्बन्धका विविध विषयमा छलफल भएको थियो ।
सो अवसरमा ऊर्जामन्त्री खड्काले नेपालले ऊर्जा क्षेत्रलाई मुख्य आम्दानीको क्षेत्रका रूपमा लिएकाले यसको विकासका लागि कोरियाको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । “ऊर्जा क्षेत्रको विकासका लागि हामी निजी क्षेत्र र साझेदार निकायसँग सहकार्य गरेर अगाडि बढ्न चाहन्छौँ”, मन्त्री खड्काले भन्नुभयो ।

मन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि कोरिया सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले दुई ठूला दल मिलेर वर्तमान सरकार बनेकाले यो सरकारले विकासका क्षेत्रमा काम गर्ने विश्वास दिलाउनुभयो । ऊर्जा क्षेत्रको विकासका लागि पुराना ऐन, कानुनलाई संशोधन गर्दै अगाडि बढ्ने उहाँको भनाइ थियो ।
भेटमा नेपालका लागि दक्षिण कोरियाका राजदूत तइयोङले नेपालको आर्थिक विकासमा दक्षिण कोरियाली सरकारको सधैँ साथ र सहयोग रहने बताउनुभयो । उहाँले रसुवामा निर्माण भइरहेको माथिल्लो त्रिशूली जलविद्युत् आयोजनामा कोरिया सरकारले काम गरिरहेको बताउँदै उक्त आयोजना समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #उर्जा मन्त्रालय, #उर्जामन्त्री दिपक खड्का, #दक्षिण कोरियाका राजदूत पार्क तइयोङ बिच शिष्टाचार भेट, #नेपाल - दक्षिण कोरिया
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्