ऊर्जामन्त्रीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट

काठमाडौँ, १६ साउन : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङले शिष्टाचार भेट गर्नुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको कार्यकक्षमा आज भएको भेटमा नेपाल–कोरिया सम्बन्धका विविध विषयमा छलफल भएको थियो ।
सो अवसरमा ऊर्जामन्त्री खड्काले नेपालले ऊर्जा क्षेत्रलाई मुख्य आम्दानीको क्षेत्रका रूपमा लिएकाले यसको विकासका लागि कोरियाको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । “ऊर्जा क्षेत्रको विकासका लागि हामी निजी क्षेत्र र साझेदार निकायसँग सहकार्य गरेर अगाडि बढ्न चाहन्छौँ”, मन्त्री खड्काले भन्नुभयो ।
मन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि कोरिया सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले दुई ठूला दल मिलेर वर्तमान सरकार बनेकाले यो सरकारले विकासका क्षेत्रमा काम गर्ने विश्वास दिलाउनुभयो । ऊर्जा क्षेत्रको विकासका लागि पुराना ऐन, कानुनलाई संशोधन गर्दै अगाडि बढ्ने उहाँको भनाइ थियो ।
भेटमा नेपालका लागि दक्षिण कोरियाका राजदूत तइयोङले नेपालको आर्थिक विकासमा दक्षिण कोरियाली सरकारको सधैँ साथ र सहयोग रहने बताउनुभयो । उहाँले रसुवामा निर्माण भइरहेको माथिल्लो त्रिशूली जलविद्युत् आयोजनामा कोरिया सरकारले काम गरिरहेको बताउँदै उक्त आयोजना समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #उर्जा मन्त्रालय, #उर्जामन्त्री दिपक खड्का, #दक्षिण कोरियाका राजदूत पार्क तइयोङ बिच शिष्टाचार भेट, #नेपाल - दक्षिण कोरिया
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्