द्रुत गतिमा आयोजना सम्पन्न गर्न उर्जामन्त्री खड्काको आग्रह
द्रुत गतिमा आयोजना सम्पन्न गर्न उर्जामन्त्री खड्काको आग्रह
काठमाडौँ, १६ साउन । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले तोकिएको समयभन्दा अगावै आयोजना सम्पन्न गर्न विदेशी कम्पनीलाई आग्रह गर्नुभएको छ ।
एमसिए नेपालले तनहुँको दमौलीमा निर्माण गर्न लागेको ४०० केभी क्षमताको ‘न्यू दमौली सबस्टेशन निर्माण’को सम्झौता कार्यक्रममा आज बोल्दै उहाँले समयभन्दा पहिले नै आयोजना सम्पन्न गर्न आग्रह गर्नुभएको हो ।
उहाँले नेपालको उर्जा क्षेत्रको विकासका लागि नयाँ बन्न लागेको सबस्टेशनले सहयोग पुग्ने भएकाले यसलाई उच्च प्राथमिकता दिएर तोकिएको समयभन्दा पहिल्यै सम्पन्न गर्नुपर्ने बताउनुभयो । “नेपालको उर्जा क्षेत्रको निर्यातका लागि हामीले थुप्रै आयोजना निर्माण गर्न लागिरहेका छौँ, आयोजनालाई ढिलासुस्ती गर्ने होइन, चाँडो सम्पन्न गर्नेतर्फ लाग्नुहोस्,”– उहाँले भन्नुभयो ।

उर्जामन्त्री खड्काले नेपालले उर्जा क्षेत्रलाई मुख्य आयस्रोतका रुपमा अगाडि बढाएकाले उर्जा क्षेत्रको विकासका लागि एमसिए नेपालले गरेको साझेदारीप्रति आभार व्यक्त गर्नुभयो । उहाँले ठूला दुई राजनीतिक दल मिलेर सरकार बनेकाले अब विकास निर्माणले गति समेत पाउने बताउनुभयो ।
अर्थ मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले नेपालको उर्जा क्षेत्रको विकासका लागि नयाँ बन्न लागेको सबस्टेशनले ठूलो सहयोग पुग्ने बताउनुभयो । नेपालको आर्थिक विकासका लागि आवश्यक औद्योगिक र व्यापारिक क्रियाकलाप विस्तार गर्न उक्त आयोजना सहयोगी हुने उहाँको भनाई थियो ।
नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले नेपालको विकासका लागि उक्त परियोजना सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । समावेशी एवम् दिगो आर्थिक विकासमार्फत नेपालको घर घरमा ऊर्जा पु¥याउन, नेपाली अर्थतन्त्रलाई थप ऊर्जा प्रदान गर्न, रोजगारी सिर्जना गर्न र गरिबी न्यूनीकरण गर्न उक्त परियोजनाले सहयोग गर्ने उहाँको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #उर्जामन्त्री दिपक खड्का
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्