सर्पका बिरामी बढे, छैनन् चिकित्सक
सिन्धुलीमाढी, साउन १५ गते । सिन्धुलीको दुधौली नगरपालिका –७ निवासी ३७ बर्षिया सम्झना थापा बिषालु गोमन सर्पको टोकाइबाट बिरामी भएर स्थानीय दुधौली नगर अस्पतालमा भर्ना भइ उपचार गराइरहनुभएको छ ।
अस्पतालका अनुसार घरमा राति सुतेर उठ्दा मङगलबार बिहान साढे ५ बजेतिर घरको काम गर्न बाहिर–भित्र गर्नेक्रममा करेसामा गरेको ढलानको चेपमा लुकेर बसेको गोमन सर्पले उहाँको खुट्टामा टोकेर बिरामी बनाएको थियो । अहिले उहाँको स्वास्थ्यमा सुधार हुदैआएको छ ।
उहाँको उपचारमा संलग्न आस्पतालका चिकित्सक (एमडिजिपी) सुमनसिं कार्कीले बिरामी थापालाई २० भाएल एन्टिस्नेक भेनम औषधी चलाएर उपचार गरिरहनुभएको छ । उहाँको स्वास्थ्यमा सुधार हुँदैआएको जानकारी उहाँले दिनुभयो । उक्त अस्पतालमा अहिले दैनिक बिषालु बाहेक अन्य सर्पले टोकेका चार–पाँच जना बिरामीलाई इमर्जेन्सीमा राखेर उपचार गरिरहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सर्पले टोकेका बिरामीलाई उपचार गर्न नगरपालिकाले सहयोग गरिरहेको छ । अस्ति भर्खरै पनि सर्पले टोकेको २ बर्षको बालिकालाई यहाँ उपचार सम्भव नभएपछि भेन्टिलेटरमा राखेर धरान लगेर उपचार गरिएको थियो । सबै खर्च नगरपालिकाले व्यहोरेर सहयोग गरेको छ ।’
त्यसो त दुधौली नगर अस्पतालमा सर्पले टेकेका बिरामीको उपचार गर्ने बिशेषज्ञ चिकित्सक छैनन् । त्यस्ता बिरामीको उपचार गर्न सम्बन्धित बिशेषज्ञ चिकित्सक अस्पतालमा नभएपछि कार्यरत एमडिजिपी चिकित्सक कार्कीलाई नै नगरपालिकाले सर्पले टोकेका बिरामीको उपचार गर्ने तालिम दिलाएर काम चलाएको स्थानीयले बताएका छन् ।
त्यस्तै, दुधौली नगरपालिका –५ निवासी नरबहादुर पुलामीको दुई बर्षिया छोरीलाई पनि केही दिनअघि घरको जाँतोको छेउमा मुसाको प्वालमा साँझपख हात हाल्ने क्रममा गोमन सर्पले डसेर घाइते बनाएको थियो । सर्पको टोकाइले बेहोस बिरामी बालीकालाई दुधौली नगर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि धरान लगेर उपचार गरिएको अभिभावक नरबहादुर पुलामीले जानकारी दिनुभयो ।
हरेक बर्ष गर्मी मौसमको सुरुसँगै असोज–कात्तिक महिनासम्म दुधौली नगरपालिका सहित कमलाखुँज क्षेत्रका बासिन्दा गोमन र करेतजस्ता बिषालु सर्पको बिगबिगिबाट त्रसित हुने गरेका छन् । त्यस क्षेत्रमा बिषालु सर्प दंशका विरामीको उपचारका लागि सर्पसम्बन्धि बिषेशज्ञ चिकित्सक नहुँदा समस्या हुँदैआएको उहाँको भनाइ छ ।
दुधौली नगर अस्पताल व्यवस्थापन समितिका सदस्य अर्जुन कार्कीले यो बर्ष मात्र गर्मी मौसमको सुरु भएसँगै अस्पतालले सर्पले टोकेका २५ जनाभन्दा बढी बिरामीको उपचार गरेको र पाँच जना गोमन र करेतजस्ता बिषालु सर्पले टोकेको बिरामी रहेको जानकारी दिनुभयो ।
गत बर्ष दुधौली नगरपालिकामा गर्मी मौसममा सर्पको टोकाइबाट ४६४ जना बिरामी भएका र ती मध्ये चार जनाको ज्यान गएको थियो । जिल्लाका नौ वटा स्थानीय तहमध्ये दुधौली नगरपालिका बिषालु सर्पको जोखिम क्षेत्र मानिन्छ ।
दुधौली नगरपालिकाका उप–मेयर चन्द्रकिशोर थारुले सर्पले टोकेका बिरामीको सम्पूर्ण उपचार खर्च र चिकित्सकको तलब सबै नगरपालिकाले व्यहोर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नगर अस्पतालमा सर्पको टोकाइसम्बन्धि उपचार गर्ने बिशेषज्ञ चिकित्सक नभए पनि कार्यरत चिकित्सकलाई त्यससम्बन्धि तालिम दिएर काम चलाएका छौं ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #छैनन् चिकित्सक, #सर्पका बिरामी बढे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्