लक्ष्यभन्दा पहिल्यै विद्युत निर्यात गर्नेगरी काम गर्न उर्जामन्त्री खड्काको निर्देशन

काठमाडौँ, १५ साउन । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारले राखेको लक्ष्यभन्दा पहिल्यै विद्युत निर्यात गर्नेगरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
नेपाल विद्युत प्राधिकरणको ३९ औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा सोमबार तालिम व्यवस्थापन विभाग खरिपाटीमा आयोजित ‘वृक्षारोपण कार्यक्रम’मा बोल्दै उनले सरकारले राखेको लक्ष्य समयअगावै पुरा गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।
“१० वर्षमा १० हजार मेगावाट विद्युत भारत निर्यात गर्ने लक्ष्य सरकारले लिएको छ, १० वर्षभन्दा पहिल्यै विद्युत निर्यात गर्नेगरी काम गर्नुहोस्,”– मन्त्री खड्काले भने ।
उर्जामन्त्री खड्काले सरकारले २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले लक्ष्य र उदेश्यलाई परिपूर्ती गर्नका लागि उच्च मनोवलका साथ कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिए । पछिल्लो समय नेपालको विद्युत भारतमा निर्यात गर्ने क्षमता बढेको उनको भनाई थियो ।
उनले नेपालको उर्जा क्षेत्रमा विभिन्न देशले लगानी गर्न ईच्छुक रहेपनि कानूनी झण्झटका कारण लगानी गर्न समस्या भइरहेको भन्दै उक्त अफ्ठयारोलाई फुकाउनका लागि आवश्यक पर्ने ऐन, कानून संशोधनका लागि मन्त्रालयलले काम गर्ने बताए ।
मन्त्री खड्काले विभिन्न देशले उर्जा क्षेत्रमा गरेको प्रगतीलाई हेरेर नेपालले समेत आफ्नो देशलाई प्रगतीको पथमा अगाडि बढाउन जरुरी रहेको उल्लेख गरे । उनले दुई ठूला पार्टी मिलेर अहिलेको सरकार बनेकाले यो सरकारलाई अल्मलिने छुट नरहेको उल्लेख गरे ।
उनले जलविद्युत परियोजना निर्माणका क्रममा भइरहेको वातावरणीय प्रभावलाई कम गर्नका लागि वृक्षारोपणजस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले रुख काट्नेमात्र होइन रोप्ने पनि हो भन्ने सन्देश दिन स्थापना दिवसका अवसरमा हरेक वर्ष वृक्षारोपण कार्यक्रम आयोजना गर्दै आएको बताए ।
उनले प्रत्येक वर्ष प्राधिकरणको वार्षिकोत्सवका अवसरमा अतिरिक्त क्रियाकलापअन्तर्गत २०० शाखा तथा उपशाखाबाट वृक्षारोपण गर्दै आएको जानकारी गराए ।
प्राधिकरणका उप–कार्यकारी निर्देशक दिर्घायुकुमार श्रेष्ठले जलविद्युत आयोजना निर्माण र प्रसारण लाईन विस्तारका क्रममा प्राधिकरणले सहमति लिएरै रुखहरु काट्ने गरेपनि त्यत्तिकै मात्रामा रुखहरु पनि रोप्दै गएको बताए ।
सोही अवसरमा उर्जामन्त्री खड्का, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलगायतले तालिम व्यवस्थापन विभाग परिसरमा १०१ विभिन्न प्रजातीका विरुवा रोेपेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #उर्जामन्त्री दिपक खड्का, #उर्जामन्त्री निर्देशन, #नेपाल विद्युत प्राधिकरण
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्