तुलसीपुरमा सुत्केरीलाई भाले उपहार

तुलसीपुर, १५ साउन । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ११ ले सुत्केरीलाई भाले उपहार दिन थालेको छ ।
सोमबारदेखि सुत्केरीलाई भाले वितरण सुरु गरिएको वडाध्यक्ष मानबहादुर रावतले जानकारी दिनुभयो । उहाँले सोमबार दुई जना सुत्केरीलाई भाले उपहार दिएर कार्यक्रमको औपचारिक सुरुआत गर्नुभयो ।
हस्नापुर निवासी २१ वर्षीया सुजाता खड्का र बेल्टाकुरा निवासी ३१ वर्षीया लक्ष्मी चौधरीलाई स्थानीय जातको कुखुरा वितरण गरिएको हो । आमा र बच्चाको स्वास्थ्य राम्रो बनाउनका लागि यो कार्यक्रम सुरु गरिएको वडाध्यक्ष रावतले बताउनुभयो ।
‘आमा र बच्चाको स्वास्थ्य राम्रो बनाउनका लागि हामीले सन्देश दिन भाले वितरण थालेका हौँ ।’ उहाँले भन्नुभयो ।
गर्भवती हुँदा नियमित आठ पटक स्वास्थ्य जाँच गराउनु पर्ने, अस्पतालमै बच्चा जन्माउनु पर्ने, आमाको उमेर २० वर्ष पुगेको हुनुपर्ने सन्देश दिन पनि यो कार्यक्रम सुरुआत गरिएको वडाध्यक्ष रावतको भनाइ छ । यी कार्य नगरेमा यो सुविधा उपलब्ध नहुने उहाँले बताउनुभयो ।
भाले वितरण कार्यक्रमका लागि वडाले रु एक लाख ५० हजार बजेट विनियोजन गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #तुलसीपुरमा सुत्केरीलाई भाले उपहार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्