विवाद चर्किएपछि कृष्णमान प्रधानद्वारा उम्मेदवारी फिर्ता
काठमाडौँ, साउन १४ गते । निर्वाचन आयुक्तमा प्रस्तावित नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले उम्मेदवारी फिर्ता लिनुभएको छ ।
सोमबार संसदीय सुनुवाइ समितिलाई पत्र लेख्नुहुँदै प्रधानले सो पदमा काम गर्ने इच्छा नभएकाले उम्मेदवार कायम नराख्न आग्रह गर्नुभएको हो ।
संसदीय सुनुवाइ समितिले आजै अपराह्न ५ बजे उहाँको प्रस्तावित उम्मेदवारकोबारे निर्णय गर्ने तयारी गरेको थियो ।
निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानको नौतिक चरित्र (यौनप्रकरण)को विषयमा शृङ्खलाबद्ध समाचारहरु आएपछि उहाँले यस्तो लिखित आग्रह गर्नुभएको हो ।
उहाँले निवेदनमा लेख्नुभएको छ, ‘‘संवैधानिक परिषदको सिफारिस प्रति निष्ठावान रहँदा रहँदै पनि म केन्द्रित मौजुदा दुष्प्रचारको माझमा सिफारिस भएको पदमा रहेर काम गर्न हौसला र इच्छा बाँकी नरहेकाले भविष्यामा राज्यले प्रदान गर्ने जुनसुनै जिम्मेवारी प्राप्त निष्ठावान रहने बचनबद्धता सहित सिफारिस भएको निर्वाचन आयोगको आयुक्त पदमा नियुक्तिका लागि मेरो उम्मेदवारी कायम राख्न नचाहेकाले सम्मानित समितिसमक्ष जानकारीका लागि अनुरोध गर्दछु ।’’

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विवाद चर्किएपछि कृष्णमान प्रधानद्वारा उम्मेदवारी फिर्ता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्