संखुवासभाको दुर्गम मकालुमा प्रहरी चौकी स्थापना
संखुवासभाको दुर्गम मकालुमा प्रहरी चौकी स्थापना
खांदबारी- संखुवासभाको दुर्गम मकालु गाउँपालिका–४ कारमाराङमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ ।
स्थानीयस्तरमा शान्ति सुरक्षा कायम गरी अपराध न्यूनीकरण गर्न स्थानीयको मागअनुसार प्रहरी चौकी स्थापना गरिएको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डीएसपी घनश्याम श्रेष्ठका अनुसार मकालु गाउँपालिकाको कारमाराङमा प्रहरी राखेपछि स्थानीय खुसी भएका छन् ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट २ दिन पैदल हिँडेपछि कारमाराङ पुगिन्छ । केही घटना भए इलाका प्रहरी कार्यालय हेदांना संखुवासभाबाट पनि कम्तीमा ६ घण्टा पैदल हिँडेपछिमात्रै पुगिन्थ्यो । प्रहरी चौकी स्थापनासँगै हवल्दार यामेश्वर धिमालको नेतृत्वमा ५ जनाको टोली खटाइएको छ ।
—
क्याटेगोरी : समाचार
ट्याग : #कार्मारांग, #नेपाल प्रहरी, #प्रहरी चौकी स्थापना, #मकालु, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्