सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमति नजिक
काठमाडौँ, साउन १४ गते । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमति नजिक पुगेको छ । सोमबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सैद्धान्तिक सहमति भएको बताएको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्गो लगाउन गठित कार्यदलका सदस्य एवम् नेकपा (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौलाले टिआरसी विधेयक करिव टुङ्ग्याउने चरणमा पुगेको बताउनुभयो ।
उहाँले बिहीबारसम्म अहिलेसम्म गरेका र सम्बन्धित निकायहरुसँग भएका छलफलको समीक्षा गर्ने र प्रतिवेदन तयार पार्ने जानकारी दिनुभयो ।
प्रमुख सचेतक बर्तौलाले सबैले सत्ता पक्ष र प्रतिपक्षको नभइकन सिङ्गो देश र शान्तिको प्रक्रियालाई निष्कर्षमा पुर्याउने विषयसँग जोडेर जिम्मेवारीबोधका साथ सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुङ्गोमा पुर्याउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘अब सबैले सबै जिम्मेवारीबोधका साथ यसलाई सिङ्गो देशको मुद्दा, विषय बनाएर, सत्ता पक्ष र प्रतिपक्षको नभइकन सिङ्गो देश र शान्तिको प्रक्रियालाई निष्कर्षमा पुर्याउने विषयसँग जोडेर अगाडि बढ्दा यो निष्कर्षमा पुग्ने अवस्था देखिन्छ । त्यही विश्वासका साथ यो काम गरिरहेका छौँ । मेरो विचारमा अब हामी १८ वर्षदेखि विभिन्न हिसावले उत्ताचढावमा रहेको, टुङ्गोमा पुग्न नसकेको, पीडितले न्याय पाउन नसकेको अवस्थालाई हामी लामो समयसम्म पीडितलाई थप पीडामा जोडिरहने अवस्थाको अन्त्य गर्नेछौँ । यो कानुनलाई अब चाँडोभन्दा चाँडो टुङ्ग्याएर, यही ऐनहअनुसार आयोग बनाएर पीडितलाई न्याय दिने र पीडकलाई सजायको दायरामा ल्याउने गरी अघि बढेका छौँ । यो महत्त्वपूर्ण छ ।’’
अब लामो समयसम्म पीडितलाई थप पीडामा जोडिरहने अवस्थाको अन्त्य हुने उहाँको भनाइ छ । उहाँले कानुनलाई अब चाँडोभन्दा चाँडो टुङ्ग्याइ यही ऐनअनुसार आयोग बनाएर पीडितलाई न्याय दिने र पीडकलाई सजायको दायरामा ल्याउने गरी अघि बढेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘अब हामी टिआरसी विधेयक करिव करिव अब टुङ्ग्याउने चरणमा हामी पुग्यौँ । हामीले बैठक टुङ्ग्याएका छैनौँ । अब दुई दिन अहिलेसम्मको सबै छलफलहरुलाई नियालेर प्रतिवेदन ल्याउँछौँ । पहिलाको मुल ऐन, संशोधन विधेयक, संसदीय समितिको उपसमितिहरुमा वा समितिमा भएका छलफल र हाम्रो संयन्त्रमा छलफल भइ डेभलप भएका विषयहरु र सहमतिको वरपर पुगेका विषयहरुलाई पनि कम्पाइल गरेर एकीकृत ढङ्गले ल्याउने कुरा भएको छ ।’’
प्रमुख सचेतक बर्तौलाले बिहीबार बिहान ८ बजे पुनः बैठक बस्ने जानकारी दिनुभयो ।
आजको छलफलमा संयन्त्रका सदस्य नेपाली कांग्रेसका तर्फबाट गृहमन्त्री रमेश लेखक, एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा सहभागी हुनुहुन्थ्यो ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संसद्को कानुन, न्याय तथा मानव अधिकार समिति सभापति बिमला सुवेदी, महान्यायाधिवक्ता रमेश बडाललगायतको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमति नजिक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्