Techie IT
बिहीबार, कात्तिक २७,२०८३

पोखरामा स्कुल बस दुर्घटनामा २९ जना घाइते


लेखनाथ, साउन १४ गते । पोखरामा सोमबार बिहान स्कुल बस दुर्घटना हुँदा २९ विद्यार्थी घाइते भएका छन् । पोखरा महानगरपालिका–२१ फुर्सेखोलाको घुम्तीमा रामदीबाट बिरौटा फर्कने क्रममा एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस दुर्घटना भएको हो ।

ग१क ६३१९ नम्बरको बस सडकबाट झन्डै ६० मिटर तल खसेको छ । बसमा चालक, सहचालक र २२ विद्यार्थीसहित २४ जना सवार थिए । घाइतेहरुलाई उद्धार गरेर गण्डकी मेडिकल कलेज, गण्डकी अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार जारी छ ।

बसकी कर्मचारी एक महिलाको मृत्यु भएको छ भने केही विद्यार्थीको अवस्था गम्भीर रहेको वडा प्रहरी कार्यालय बैदमका प्रहरी नायब उपरीक्षक सुन्दर श्रेष्ठले जानकारी दिनुभयो । थप विवरण आउन बाँकी छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पोखरामा स्कुल बस दुर्घटनामा २९ जना घाइते


तपाईको कमेन्ट लेख्नुहोस्