हरिया चुरा, पोते र मेहेन्दीप्रति महिलाको आकर्षण
नेपालगन्ज, साउन १३ गते । साउन महिना सुरु भएसँगै नेपालगन्जमा कपडा, चुरा, पोते र मेहन्दीको पसलमा छुटै रौनक देखिएको छ । हरियो पोशाक, चुरा र पोते किन्ने महिलाको स्थानीय कास्मेटिक, कपडा, चुरा र पोते पसलमा भिडभाड लागेको छ ।
यो महिनामा महिलाले हरियो चुरा, पोते र पोशाक बढी खरिद गर्ने भएकाले अधिकांश पसलमा हरिया चुरा, पोते र पहिरन सजाएर राखिएको स्थानीय अगुवा महिला कल्पना शर्माले बताउनुभयो ।
उहाँले पछिल्लो समय साउनलाई फेसनको रुपमा लिँदा हरिया पहिरन, चुरा, पोते, टिकुली र मेहेन्दीको व्यापार बढेको बताउनुभयो । शर्माले थप्नुभयो, ‘विवाहित हुन् या अविवाहित, हरिया पहिरनमा अधिकांश महिलाको आकर्षण बढ्दैगएको छ । विवाहित महिलाले सौभाग्यको प्रतिकको रुपमा हरियो चुरा लगाउँछन् । अविवाहित युवतीले पनि आर्कषण र रमाइलोका लागि हरियो चुरा, हरिया पहिरन र मेंहन्दी लगाउने गर्दछन् ।’
सोही कारणले साउनमा नेपालगन्जका अधिकांश चुरा व्यापारीलाई पनि भ्याइनभ्याई छ । अहिले बिहानदेखि साँझसम्म चुरा, मेहन्दी, टिकाको राम्रो कारोबार भइरहेको स्थानीय एकलैनी बजारका चुरा व्यवसायी मोनु हलवाईले बताउनुभयो ।
साउनलाई लक्षित गरी नेपालगन्जको एकलैनी, सदरलाईन, घरबारीटोल र बागेश्वरी मन्दिर परिसर लगायतका स्थानमा चुरापोते, टिकुली, मेहेन्दी र पोशाकको ब्यापार बढी हुने गर्दछ । एकलैनीमा कस्मेटिक पसल चलाउने मीना लखेरले अरुबेला चुरा धेरै नबिक्ने भए पनि साउन महिना माग अत्यधिक हुने गरेको बताउनुभयो ।
उहाँले अरुबेला दैनिक बीस दर्जन बिक्री हुने चुरा साउनमा दिनहुँ सय डेढसय दर्जनभन्दा बढी बिक्री हुने गरेको बताउनुभयो । यस्तै एकलैनीका अर्का ब्यापारी राजु गुप्ताले पनि हरेक वर्ष साउनमा आफ्नो पसलमा महिलाको अत्यधिक भिड हुने गरेको बताउनुभयो ।
नेपालगन्जका विभिन्न ब्यूटिपार्लरमा अहिले मेहेन्दी लाउनेको घुँइचो लागेको छ । यहाँ चुरा, पोते र मेहेन्दी विशेषगरी भारतबाटै ल्याइने गरेको व्यापारीहरुको भनाइ छ । साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाउने महिनाका रुपमा लिइन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पोते र मेहेन्दीप्रति महिलाको आकर्षण, #हरिया चुरा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्