Techie IT
बुधबार, कात्तिक २६,२०८३

सिमलताल दुर्घटना : बस र यात्रुको अवस्था अझै अज्ञात, भारतीय टोली फर्किँदै


चितवन, १३ साउन । चितवनको सिमलतालमा त्रिशूलीमा खसेको दुई वटा बस र यात्रुको अवस्था अझै अज्ञात रहेको छ ।

बस बेपत्ता भएको आज १७ दिन पुगेको छ । नेपाली र भारतीय टोलीले गरेका खोजीका सबै प्रयास असफल भएसँगै बस खोजीका लागि आएको भारतीय टोली आज फर्किँदै छ ।

नेपाली टोलीले अब कसरी खोजीकार्य अगाडी बढाउने भन्ने विषयमा छलफल गर्ने तयारी गरेको छ ।

यसअघि भारतीय उद्दार टोलीले घटनास्थलमा शनिबार दिउँसो बस खोजी गर्नेक्रममा १९ किलोको चुम्बक नै पानीले बगाएको थियो । भारतीय टोलीले शनिबार १९ केजी र १४ केजीको दुई वटा चुम्बक प्रयोग गरेर खोजी गरेको थियो ।

यसैबीच, शनिबार साँझ चितवनको केराबारीमा नदीको बीचमा रातो बस जस्तो बस्तु देखिएको स्थानीयले बताएपछि सुरक्षाकर्मीहरुले भने त्यो बस्तु बस नभएको बताएका छन् ।

असार २८ गते लेदोसहितको पहिरोले बगाएका दुई बस अहिलेसम्म भेटिएका छैनन् । बसमा रहेका ६२ यात्रु मध्ये अहिलेसम्म २४ जनाको शव फेला परेको छ भने अझै ३८ जनाको अवस्था अज्ञात रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भारतीय टोली फर्किँदै, #सिमलताल दुर्घटना : बस र यात्रुको अवस्था अझै अज्ञात


तपाईको कमेन्ट लेख्नुहोस्