खाँदबारी बालविकास समाजलाई एक करोड सहयोग
समाजसेवी हीरामणि र सीता घिमिरेले सङ्खुवासभाको खाँदबारीस्थित बालबिकास समाजलाई एक करोड प्रदान गरेका छन्।
सङ्खुवासभा–काठमाडौँ जर्नालिष्ट एशोसिएसन र खाँदबारी बालविकास समाजले शनिबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा घिमिरे दम्पतीले प्रदान गरेकाे उक्त रकमको चेक ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समाजका अध्यक्ष रामप्रसाद घिमिरेलाई हस्तान्तरण गर्नुभयो।
त्यस अवसरमा अध्यक्ष घिमिरेले खाँदवारी बालविकास समाजका बालबालिकाको शिक्षा, स्वास्थ्य, पालनपोषण र उचित स्याहारलगायत समग्र व्यक्तित्व विकासमा उक्त रकमलाई खर्च गरिने बताउनुभयो ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, पूर्वप्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा, पूर्व मुख्यसचिव डा.विमल कोइराला, पूर्वसचिव सुशील जङ्गबहादुर राणा, दिनेशकुमार घिमिरे, काठमाडौँ महानगरपालिका वडा नं ४ का वडा सदस्य नवीन मैनालीलगायत उपस्थित थिए। -रासस
क्याटेगोरी : समाचार
ट्याग : ## काठमाडौं, ##समाजसेबी, #एस्काज संखुवासभा, #बालबिकास समाज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्