४५ करोडमा बन्दै छ गण्डकी प्रदेशसभा भवन
साउन १२ गते। प्रदेश संरचना स्थापनाको सात वर्षपछि गण्डकी प्रदेशसभाको नयाँ भवन निर्माण प्रक्रियाअघि बढेको छ। सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीले बनाएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बमोजिम ४४ करोड ९९ लाख ६० हजार तीन सय ७६ रुपैयाँ लागतमा भवन बनाउन लागिएको हो।
भवनको भुईँ तला एक हजार आठ सय छयालिस वर्गमिटर, पहिलो तला एक हजार चार सय छयानब्बे र दोस्रो तला सात सय उनन्चालिस वर्गमिटरका हुने छन्। नगर विकास प्रशिक्षण केन्द्रको साढे चार दशकअघि बनेको पुरानो भवनलाई जीर्णोद्धार गरी अहिले प्रदेशसभा सञ्चालन गरिएको छ।
गण्डकी सरकारका प्रवक्तासमेत रहनुभएका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ स्रोत सुनिश्चिततापछि साउनभित्रै बोलपत्र आह्वान हुने जानकारी दिनुहुन्छ। प्रदेशसभाको दोस्रो कार्यकालभित्रै भवन निर्माण पूरा हुने उहाँको भनाइ छ। “आउने माघ/फागुनबाट फिल्डमा कामै सुरु हुन्छ। दुई वर्षमा निर्माण सक्ने लक्ष्य लिएका छौँ,” उहाँले भन्नुभयो।
सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीले आइतबार स्रोत सुनिश्चितताका लागि आर्थिक मामिला मन्त्रालयमा पठाएको छ। गण्डकी सरकारले यस वर्ष भवन निर्माणका लागि नौ करोड विनियोजन गरेको छ। आर्थिक मामिलाले स्रोत सुनिश्चित गरेपछि निर्माण प्रक्रिया थालिहाल्ने तयारी छ।
नयाँ बन्ने प्रदेशसभाको भुईँ तलामा प्रदेशसभा सचिवालयमा पर्ने कार्यालय रहनेछन्। त्यहाँ सभामुख, प्रदेशसभा सचिवालय, उपसभामुख, विषयगत समिति लगायतका कार्यालय रहने छन्। पहिलो तलामा सय जना जति अट्ने हल रहनेछ। सहरी विकासका सिडिई रवीन्द्र तिवारी भन्नुहुन्छ, “साठी सदस्यीय गण्डकीका लागि सय जना जति अट्ने सदन पहिलो तलामा बन्नेछ।”
दोस्रो तलामा प्रदेशसभा बैठक हेर्न चाहने पत्रकार, राजनीतिकर्मी र सर्वसाधारणका लागि स्थान हुनेछ। सोही तलामा पत्रकार सम्मेलन, साना औपचारिक कार्यक्रम गर्न मिल्ने खालको सानो हलसमेत बनाइने भएको छ।
यसअघि बनाइएको डिपिआरमा एक अर्ब ४६ करोड लागतमा प्रदेशसभा भवन बनाउने योजना थियो। प्रदेश सरकारको सामर्थ्यले यस्तो भवन धान्न कठिन हुने टिप्पणी भएपछि ०८०/०८० मा नयाँ डिपिआर बनाइएको हो।
अहिलेको भवनमा पानी परेका बेला बैठक गर्न मिल्ने अवस्था छैन। ढुङ्गाले छाएको सदनमा ठाउँ ठाउँमा पानी चुहिने र वर्षात्को आवाजसमेत भित्रैसम्म आइपुग्ने गरेको छ। प्रदेशसभाका उपसचिव प्रेम सुवेदी भन्नुहुन्छ, “गर्मीमा बस्नै गाह्रो हुने अवस्था छ। ठाउँ ठाउँमा पानी चुहिन्छ। प्रिफ्याबबाट बनाइएका अस्थायी संरचनाले प्रदेशसभा चलिरहेको छ।”
क्याटेगोरी : समाचार
ट्याग : #४५ करोडमा बन्दै छ गण्डकी प्रदेशसभा भवन, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्