यी हुन् नेपालीका एटीएमको पिन नम्बर ह्याक गरेर करोडौं रुपैयाँ लुट्न आएका ५ जना चिनियाँ नागरिक
काठमाडौँ, १५ भदौ । एटीएमको पिन नम्बर ह्याक गरेर करोडौं रुपैयाँ लुट्न आएका ५ जना चिनियाँ नागरिकलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।
उनीहरु चीनबाट नै नेपालमा रहेका एटिएम बुथबाट रकम लुट्ने योजनाका साथ नेपाल आएको देखिएको परिसरका एसएसपी सुवेदीले जानकारी दिए । उनीहरु पर्यटन भिसामा शुक्रवार नेपाल प्रवेश गरेका थिए।
पक्राउ पर्नेमा ३५ वर्षका चेन विन विन, ३२ वर्षका झु लियाङ आङ, ३० वर्षका क्यु याङयिङ, ४० वर्षका लु जियालिङ, २९ वर्षका लिन जिनमिङ रहेका छन् । प्रहरीले उनीहरुको साथबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ र ९ हजार १ सय ८ अमेरिकी डलर बरामद गरेको बताइएको छ ।
आइतबार दिउँसो पत्रकार सम्मेलन गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरुलाई सार्वजनिक गरिएको हो ।
उनीहरुले शनिवारसम्म १ करोड ३६ लाख रुपैयाँ बैकको एटीएमबाट निकालेको देखिएको छ । परिसरको विषेश टोलीले सूचनाको आधारमा उनीहरुलाई आइतवार बिहान नियन्त्रणमा लिएको थियो । घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।
यसैबीच, एटीएम ह्याक गरेर चिनियाँ नागरिकले रकम झिके पनि बैंकहरुमा सर्वसाधारणको निक्षेप सुरक्षित रहेको नेपाल बैंकर्स संघले जनाएको छ ।
एटीएम मेसिनबाटै रकम चोरी भएपछि सर्वसाधारणको निपेक्ष सुरक्षित भए नभएको प्रश्न उठेको थियो ।
चोरीमा संलग्नहरुलाई सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले सर्वसाधारणको निक्षेप सुरक्षित रहेको बताए ।
रकम चोरिने खतरा भएकोले शनिबार राति केही बैंकहरुको सर्भर डाउन गरिएको उनले जानकारी दिए । आइतबार कार्यालय शुरु भएपछि एटीएम कारोबार शुरु गरिएको ढुगानाले बताए ।
हालसम्म १ करोड ६८ लाख रुपैयाँ क्षति भएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले जानकारी दिए । उनले पनि सर्वसाधारणको खातामा भएको रकममा कुनै जोखिम नरहेको बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #एटीएमको पिन नम्बर ह्याक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्