सहारा बन्दै मानव सेवा आश्रम
हेटौँडा, साउन ६ गते । ७० वर्षीय सोमबहादुर परियारले जीवनका सात दशक सडककिनारमै बिताउनुभयो । मानसिक सन्तुलन ठिक नहुँदा झनक्क रिसाउने उहाँको स्वभाव थियो । शरीरभरि फोहोरैफोहोर बोकेर सडकमा कष्टकर जीवन बिताइरहनुभएका परियारलाई चितवनबाट एक महिनाअघि उद्धार गरेर मानव सेवा आश्रम हेटौँडा ल्याइयो ।
यस्तै इजरायलमा केयरगिभर काममा गएर २०६६ मा नेपाल फर्किनुभएकी जानकी गजुरेल महर्जन छोरी र पति गुमाएपछि विक्षिप्त हुनुभयो । २० वर्षकी छोरी ब्रेनट्युमर र पति क्यान्सरले गुमाएपछि काठमाडौँ बालाजु बस्दै आउनुभएकी महर्जन डिप्रेसनको सिकार हुनुभयो । उहाँलाई करिब पाँच वर्षअघि उद्धार गरेर हेटौँडा ल्याइएको हो । नियमित औषधि सेवन र स्याहारले उहाँको स्थितिमा सुधार आएको छ ।
लागूऔषध कुलतमा फसेर मनोरोगी बन्नुभएका हेटौँडाका गोपाल सापकोटा घर तथा वरपर नाङ्गै हिँड्न थालेपछि समस्या भएको थियो । परिवारका सदस्य उहाँलाई कोठामै थुनेर राख्न बाध्य भए । परिवारको सहकार्यमा उद्धार गरी मानव सेवा आश्रममा नियमित उपचार र औषधी गर्दा उहाँको दिनचर्या र जीवनशैलीमा परिवर्तन आएको छ ।
उहाँहरूजस्तै विविध कारणले सडकमा जीवन बिताउन बाध्य १० हजारभन्दा बढीको अहिले साझा थलो बनेको छ– मानव सेवा आश्रम । मानव सेवा आश्रमका कोषाध्यक्ष होमनाथ तिमल्सिनाका अनुसार आश्रमले तीन हजार ९२० सफल पारिवारिक पुनर्मिलन गराइसकेको छ । जसमा दुई हजार २०३ पुरुष र एक हजार ७१७ महिला छन् । आश्रम स्थापनाकालदेखि हालसम्म आश्रितमध्ये एक हजार २१६ जनाको मृत्यु भइसकेको छ, जसमध्ये ८८७ पुरुष र ३९४ जना महिला छन् । तीन हजार ३८१ जनाले स्वेच्छिक रूपमा आश्रम छाडेका छन् भने ८४० जना समुदायमा पुनस्र्थापित भएका छन् ।
आश्रमले २०८२ सालभित्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लक्ष्यसहित २०६९ सालदेखि देशव्यापी रूपमा सडकपेटी र सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताउन विवश अनाथ, अपाङ्ग, अशक्त, असहाय, शारीरिक तथा मानसिक रूपमा अति कमजोर मानवको उद्धार, उपचार, पालनपोषण एवं पारिवारिक पुनर्मिलनको सेवा दिँदै आएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सहारा बन्दै मानव सेवा आश्रम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्