कबड्डी प्रतियोगिताको उपाधि पनौती नगरपालिकालाई
प्रदीप ढकाल ,भक्तपुर श्रावण ४, शुक्रबार ।
चाँगुनारायण नगर खेलकुद विकास समितिको आयोजनामा भएको नगर स्तरीय मैत्रीपूर्ण कबड्डी प्रतियोगिताको उपाधि पनौती नगरपालिकाले जीतेको छ।
शुक्रबार चाँगुनारायण नगरपालिका-७ तफाडम्फू स्थित नगरपालिकाको सभा हलमा भएको फाइनल खेलमा बनेपा नगरपालिकालाई ४८- ५६ ले हराउदैं पनौती नगरपालिकाले उपाधि चुमेको हो। विजेता टोलीका खेलाडी मनिस थापा प्रतियोगिताको सर्वोत्कृष्ट खेलकुद घोषित भए। विजयी सम्पूर्ण खेलाडीलाई चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाईं, शिक्षा तथा खेलकुद शाखा प्रमुख दिनेश अर्याल, नगर खेलकूद विकास समतिका अध्यक्ष रघु केसी लगायतले पुरस्कृत गरे। प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाईंले नगरपालिकामै पहिलो पटक आयोजना भएको नगर स्तरीय मैत्रीपूर्ण कबड्डी प्रतियोगितालाई सभ्य तथा भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नु भयो।यसैगरी नगर खेलकूद विकास समतिका अध्यक्ष रघु केसीले अब आउने दिनहरुमा अझै धेरै प्रतियोगिता निरन्तर आयोजना हुने जानकारी दिए।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्