चैते धान भित्र्याउने तयारीमा किसान
प्युठान, साउन ४ गते । यस वर्ष चैते धान पाक्न थालेको छ । जिल्लाका विभिन्न फाँटहरुमा लगाइएका चैते धान भित्र्याउने तयारीमा किसानहरु जुटेका छन् । चैते धान यस वर्ष राम्रो फलेकाले किसानहरु उत्साहित छन् ।
“तीन वर्षदेखि निरन्तर चैते धान लगाउँदै आएको छु” प्युठान नगरपालिका –२ दाखाक्वाडीका मुक्ति पोख्रेलले भन्नुभयो, “अहिलेसम्म राम्रो उत्पादन भइराखेको छ ।” यो वर्ष पनि चैते धान राम्रो भएको र भित्र्याउने तयारीमा रहेको बताउनुभयो । चैते धान भित्र्याइसकेपछि पुनः वर्षे धान लगाउने उहाँले बताउनुभयो ।
चैते धान खेतीका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सिँचाइ कुलो निर्माण, कृषियन्त्रमा सहयोग, वीऊमा अनुदान उपलब्ध गराउने गरेको छ । यस वर्ष मात्र करिव एक हजार रोपनी क्षेत्रफल विस्तार भएको परियोजना प्रमुख चुमानसिंह गिरीले बताउनुभयो ।
जिल्लामा प्यूठान नगरपालिका, ऐरावती गाउँपालिका, माण्डवी गाउँपालिका, मल्लरानी गाउँपालिका र स्वर्गद्वारी नगरपालिकामा चैते धान खेती विस्तार हुँदैआएको छ । धानको उत्पादन र उत्पादकत्व बढाउन काम गर्दैआएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन प्यूठानले चैते धान खेतीको प्रवर्धन गर्दै आएको छ ।
जिल्लामा ६ हजार ५७५ हेक्टर क्षेत्रफलमा धान खेती गर्ने गरिएको छ । धान उत्पादन बढाउन २ हजार ७९९ हेक्टर क्षेत्रफलमा चैते धान खेती पनि गर्ने गरिएको छ । धान जोनले विगत ४ वर्षदेखि चैते धानको क्षेत्र विस्तारमा कार्यक्रम गर्दैआएको कार्यालय प्रमुख चुमानसिंह गिरीले बताउनुभयो । वर्खे धानभन्दा बढी फल्ने भएकाले पनि यसको क्षेत्र विस्तारमा परियोजनाले जोड दिएको उहाँको भनाइ छ ।
चैते धानका लागि चैते ५, हर्दिनाथ १ र हर्दिनाथ ३ जातको वीऊ प्रयोग गरिएको छ । चैते धान खेती प्रवर्धनका लागि सिँचाइ कुलो, मेसिन औजार, वीऊ, औषधी उपलब्ध गराउने गरिएको छ । यद्यपि यसवर्ष सिँचाइको समस्याले गर्दा कतिपय फाँटमा चैते धान खेती विस्तार गर्न समस्या भएको कृषकको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #चैते धान भित्र्याउने तयारीमा किसान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्