Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

सिलिचोङ पहिरोमा घाईते भएकाको उर्जामन्त्री खड्काको पहलमा सेनाको हेलिकप्टरबाट उद्धार

पहिरोमा एकै परिवारका दूईको मृत्यु


खाँदबारी– संखुवासभाको सिलिचोङ गाउँपालिका १ सिसुवाखोलामा पहिरो सहितको ढुंगाले किचेर गम्भिर घाईते भएकी रविना राईको उर्जामन्त्री दिपक खड्काको पहलमा  सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

मंगलबार बिहान ५ बजे घरमाथिबाट झरेको पहिरो सहितको ढुंगाले गालेर राई गम्भिर घाईते भएकी थिईन् । घाइते भएको ९ घन्टा पछि सेनाको हेलिकप्टरबाट उद्धार गरेर थप उपचारका लागि काठमाण्डौ लगिएको जिल्ला प्रहरीका डिएसपी घनश्याम श्रेष्ठले बताए । उनका अनुसार घटनास्थलबाट खाँदबारी ल्याउन पैदल मार्गबाट नसकिने भएपछि हेलिकप्टरबाट थप उपचारका लागि लगिएको हो ।
सुतिरहेको अवश्थामा एक्कासी घरमाथिबाट खसेको पहिरो सहितको ढुंगाले किचिएर मोतिमाया राई र बुहारी समिक्षा राईको घटनास्थलमै मृत्यु भएको थियो । मृतक समिक्षाको ४ बर्षे छोरी छिन् । उनका श्रीमान वैदेशिक रोजगारका क्रममा बाहिर छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्