नम्बरी सुनले सुनै उपहार दिने
काठमाडौँ, साउन १ गते । चलचित्र ‘नम्बरी सुन’ ले १२ दर्शकलाई सुन उपहार दिने घोषणा गरेर प्रचारको नयाँ शैली अपनाएको छ । तथापि, सुनचाहिँ के, कस्तो, कति दिने हो ? त्यो खुलाइएको छैन । सुवर्ण सिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको सो चलचित्र साउन तेस्रो साताबाट सार्वजनिक प्रदर्शनमा ल्याउने तयारी थालिएको छ । ललितपुरस्थित झम्सिखेलमा सोमबार चलचित्र युनिटले पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।
सुन व्यवसायीसमेत रहेका चलचित्रका प्रस्तुतकर्ता नारायण खातीका अनुसार १२ जना दर्शकलाई सुन उपहार दिइने छ । खल्ती एपबाट चलचित्र ‘नम्बरी सुन’ को टिकट काट्ने पाँच जना र त्यसभन्दा बाहिरका सात जना दर्शकलाई सुनको मोतीवाला चन्द्रहार प्रदान गरिने छ । लक्की ड्रमार्फत भाग्यमानी उपहार विजेता सार्वजनिक गरिने जनाइएको छ ।
चलचित्र निर्देशक राजु गिरीले फिल्मले झन्डै ७० वर्ष अघि घर घर पुगेर सुनको गहना बनाउनेको कथालाई प्रस्तुत गर्ने जानकारी दिनुभयो । चलचित्रकी नायिका नम्रता सापकोटाले चलचित्रमा आफूले प्रेम प्राप्त गर्न सङ्घर्षरत ग्रामीण युवतीको भूमिका निर्वाह गरेको बताउनुभयो ।
चलचित्रमा विनोद न्यौपाने, गौरव पहारी, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सबिन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कङ्गना गिरीलगायतको अभिनय छ । चलचित्रमा शिवम् अधिकारीको पटकथा तथा संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी, दिव्य सुवेदीको छायाङ्कन, देव महर्जनको द्वन्द्व र गौतमराज खड्काको सम्पादन रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नम्बरी सुनले सुनै उपहार दिने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्