१७ वर्ष क्याम्पस पढाएकी विद्या भट्टराईलाई शिक्षा मन्त्रालयको कुर्सी
काठमाडौं, ३१ असार । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदभार ग्रहण गर्नु भएको छ ।
सोमबार सिंहदरबारमास्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री भट्टराईले विद्यार्थीलाई दिइने दिवा खाजालाई स्थानीय उत्पादनसँग जोड्नका लागि अध्ययन गर्न समिति गठन गर्नु भएको छ ।
सोमबार पदभार ग्रहण गर्दै मन्त्री भट्टराईले प्रारम्भिक बालविकासदेखि ५ कक्षासम्मका विद्यार्थीहरूलाई दिइने दिवा खाजा कार्यक्रमलाई स्थानीय कृषि उत्पादनसँग जोड्ने प्रारुप तयार गर्न समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गर्नु भएको हो ।
समितिमा शिक्षा मन्त्रालयका साथै कृषि मन्त्रालय, स्वास्थ्य मन्त्रालय र योजना आयोगका प्रतिनिधिहरू सहभागी हुनेछन् । २०७५ को ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रको निधन भएपछि २०७६ को उपनिर्वाचनमा एमालेले रवीन्द्रकै धर्मपत्नी विद्यालाई टिकट दिईएको थियो ।
१७ वर्ष क्याम्पस पढाउनु भएकी उहाँले भट्टराई लामो समयको शिक्षण पेसा छोडेर संसदीय राजनीतिमा प्रवेश गर्नुभयो । २०४७ मा एमालेको संगठित सदस्यता लिनु भएकी उहाँ २०४८ मा पोखरा एकता राष्ट्रिय सम्मेलनबाट अनेरास्ववियुको राष्ट्रिय परिषद् सदस्य निर्वाचित हुनु भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #१७ वर्ष क्याम्पस पढाएकी विद्या भट्टराईलाई शिक्षा मन्त्रालयको कुर्सी, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्