अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पलाई लाग्यो गोली, कानुनी अधिकारी भन्छन्- हत्याको लक्ष्य देखिन्छ

काठमाडौँ- अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली लागेको छ।
पेन्सिलभेनियामा चुनावी र्यालीमा क्रममा भाषण गरिरहेका बेला पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार भएको त्यहाँस्थित सञ्चारमाध्यमले जनाएका छन्।
समाचार एजेन्सी रोयटर्सका अनुसार गोली लागेपनि उनी सुरक्षित छन्। उनलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल पुर्याएका छन्।
प्रत्यक्षदर्शीलाई उदृत गर्दै विदेशी सञ्चारमाध्ययमहरूमा उल्लेख भए अनुसार उनीमाथि करिब ३०० यार्डबाट राइफलबाट गोली हानिएको थियो। त्यसक्रममा चलेका गोलीका थुप्रै आवाजहरू सुनिएको थियो।
रोयटर्समा सार्वजनिक तस्बिरमा ट्रम्पको अनुहारमा रगत बगेको देख्न सकिन्छ। ट्रम्पले पनि गोली चल्नबित्तीकै हातले कानलाई समातेका थिए।
यता, कानुनी अधिकारीहरूले ट्रम्पको हत्याको लक्ष्य भएको देखिने बताउँदै प्रेसले रिपोर्ट निकालेका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्