बारामा बस दुर्घटना : १३ घाइते, दुईको अवस्था गम्भीर
बारा, असार २७ गते । बारामा यात्रुवाहक बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् भने दुईको अवस्था गम्भीर रहेको छ ।
सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले मलङ्गवाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना. ४ ख ७१९४ नम्बरको यात्रुवाहक बस बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ स्थित पसाहा पुन नजिकै बिहीबार दिउँसो अनियन्त्रित भई दुर्घटना भएको जानकारी दिनुभयो । सो गाडीमा १३ जना सवार थिए ।
दुर्घटनामा १३ जना घाइते भएका छन् भने दुई अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार घाइते १३ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
सो दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल नेपाल नं. ४० रिजर्भ गण बाराबाट खटिएको सुरक्षा फौज उनीहरूको उद्धार कार्यमा जुटेको थियो । गम्भीर घाइते भएको दुई जनालाई तत्कालै उपचारका लागि उक्त गणको गाडीद्वारा र अन्य घाइतेहरूलाई एम्बुलेन्सद्वारा सिमरा अस्पतालतर्फ लगिएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दुईको अवस्था गम्भीर, #बारामा बस दुर्घटना : १३ घाइते
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्