जनसङ्ख्या नीति कार्यान्वयनमा जोड दिन विज्ञको सुझाव
काठमाडौँ, असार २७ गते । नयाँ बन्ने जनसङ्ख्या नीति कार्यान्वयनमा जोड दिन विज्ञहरुले सरकारलाई सुझाव दिएका छन् । बिहीबार जनसङ्ख्या दिवसको अवसरमा आयोजित कार्यक्रममा विज्ञहरुले २०७८ सालको जनगणनाअनुसार सरकारले नयाँ जनसङ्ख्या नीति बनाइरहेको भन्दै नीतिको कार्यान्वयमा जोड दिन आग्रह गरेका हुन् ।
उनीहरुले विगतमा बनेका जनसङ्ख्या नीतिहरु पनि कार्यान्वयन नहुँदा प्रभावकारी बन्न नसकेको उदाहरण दिँदै सरकारले नीति कार्यान्वयनमा विशेष जोड दिनुपर्ने बताए ।
कार्यक्रममा बोल्नुहुँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव ऋतु पन्तले जनसङ्ख्या अहिले लाभांशको रुपमा लिइरहेको उल्लेख गर्नुहुँदै जनसङ्ख्याको लाभांश लिन नसकेको बताउनुभयो । उहाँले जनसङ्ख्याको लाभांश अहिले नै प्रयोग गर्न नसक्ने अवस्थामा रहेको बताउनुभयो ।
उपसचिव पन्तले युवाहरु विदेश पलायन भइरहेको र भएका युवाहरु पनि देशका लागि प्रयोग भइरहेको छ की छैन भन्नेबारेमा अध्ययन हुन आवश्यक रहेको जानकारी दिनुभयो । उहाँले युवाहरु विदेशमा गएर योगदान गरिरहेको तर नेपालमा युवाहरुले रेमिट्यान्सको मात्रै योगदान दिइरहेको बताउनुभयो । उहाँले तत्कालको फाइदाका लागि रेसमट्यान्सबाट देश चलाउने सोच रहेपनि भविष्यलाई फाइदाजनक नरहेको जिकिर गर्नुभयो ।
उहाँले बाह्य र आन्तरिक बसाइसराइँको समस्या विकराल बन्दै गएको बताउनुभयो । मन्त्रालयले जनसङ्ख्या नीति बनाइरहेको भन्दै जनसङ्ख्या नीति एउटा वर्ग र मन्त्रालयको मात्रै नहुने बताउनुभयो । उहाँले देशको स्रोत नै जनसङ्ख्या भएको उल्लेख गर्दै विकासका काम जनसङ्ख्यामा निर्भर रहेर हुनुपर्ने बताउनुभयो । बनाइएका जनसङ्ख्या नीतिहरुको कार्यान्वनयमा जोड दिनुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा बोल्नुहुँदै प्रा.डा. योगेन्द्रबहादुर गुरुङले जनसङ्ख्या आफैँ स्रोत, साधन र साध्य भएको बताउनुभयो । उहाँले मानवीय स्रोतको सदुपयोग गरी मानवले मानव हितका लागि विकास गर्न आवश्यक रहेको जिकिर गर्नुभयो । राजनीतिक, सामाजिक नीति तथा योजना बनाउँदा जनसङ्ख्याकै आवश्यक हुने बताउनुभयो । उहाँले धेरै नीति योजनाहरु भनेजस्तो सफल नहुने कारण जनसङ्ख्याकै सही मूल्याङ्कन नहुनु रहेको बताउनुभयो ।
यसैगरी, एजिङ नेपालका निर्देशक प्रकाश गौतमले जनसङ्ख्याका हिसावमा नेपालले ज्येष्ठ नागरिकका विषयमा चिन्ता गर्नुपर्ने कारण नरहेको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकको जनसङ्ख्या नेपालमा ए लाख २५ हजार मात्रै रहेको जानकारी दिनुभयो । औषत आयु बढ्दै जाँदा रिटायरमेण्ट र औषत आयु हेर्दा २० वर्ष आयु बढाएको र २० वर्ष आयुलाई कसरी इंगेज गर्ने भन्नेकुरा महत्त्वपूर्ण रहेको बताउनुभयो ।
त्यस्तै, नेपाल जनसङ्ख्या संघका अध्यक्ष डा.पदमप्रसाद खतिवडाले जनसङ्ख्या व्यवस्थापनको योजना बनाउँदा बनाउँदै आफैँ नियन्त्रण हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले जनसङ्ख्याको अवस्थालाई अध्ययन गरेर मात्रै नीति निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै अन्य वक्ताहरुले बाह्य बसाइसराइँको अवस्था विकराल हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका गर्नुभएको छ । जनसङ्ख्याको वितरणमा असमानता रहेको उहाँहरुले बताउनुभएको छ । उहाँहरुले नेपालको जनसाङ्ख्यिक लाभांश पूर्ण उपयोग हुन नसकेको, अव्यवस्थित शहरीकरणको मारमा नागरिकहरु परेको भनाइ व्यक्त गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #जनसङ्ख्या नीति कार्यान्वयनमा जोड दिन विज्ञको सुझाव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्