बाढी प्रभावितलाई तीनै तहको सरकारले राहत र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ : मन्त्री ओम बिक्रम भाट
कैलाली । सुदूरपश्चिम प्रदेशका स्वास्थ्य, महिला तथा जेष्ठ नागरिकमन्त्री ओम बिक्रम भाट सरलले कैलाली कञ्चनपरसहित जिल्लामा भएका बाढी र पहिरो प्रभावितलाई तीनै तहको सरकारले राहत र क्षतिपूर्तिको व्यवस्था गर्नु पर्ने बताएका छन् ।
कञ्चनपुरका विभिन्न बाढी प्रभावित क्षेत्रको अनुगमन निरीक्षण गर्दै उनले यस्तो बताएका हुन् । प्रदेशमा सबैभन्दा धेरै कञ्चनपुरमा बाढीले क्षति गरेको छ । यहाँ चार जनाले ज्यान समेत गुमाएका छन् । मन्त्री भाटले सरकार प्रभावितहरुको साथमा रहेको भन्दै ढाढस दिएका थिए ।
मन्त्री सरलले कञ्चनपुरको बेदकोट, शुक्लाफाँटा र कृष्णपुरका वाढी प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गर्दै प्रभावितलाई राहत, क्षतिग्रस्थ सरचनाको पुर्ननिर्माण गर्न प्रदेश सरकार तयार रहेको बताएका हुन्।
उनले बाढी पछि रोगको महामारी पनि फैलिन सक्ने भन्दै सबैलाई यसविषयमा ध्यानदिन आग्रह गरेका थिए ।
स्वास्थ्य, महिला तथा जेष्ठ नागरिक मन्त्री (सरल)का स्वकीय सचिव कैलाशचन्द्र गिरीले मन्त्रीले सबै क्षेत्रका प्रभावितसँग छलफल गरी राहतका प्याकेजका बिषयमा समन्वय गरिरहेको जनाए । मन्त्री भाटसंगै जलस्रोत तथा शहरी विकासमन्त्री अक्कल रावल सहितले समेत स्थलगत अनुगमन गरेका थिए ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बाढी प्रभावितलाई तीनै तहको सरकारले राहत र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ : मन्त्री ओम बिक्रम भाट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्