नारायणीले चेतावनी तह पार गर्यो, सतर्क रहन प्रशासनको आग्रह
नवलपुर, असार २२ गते । नारायणी नदीले चेतावनीको तह पार गरेको छ । चेतावनीको तह पार गरेसँगै जिल्ला प्रशासन कार्यालय नवलपुरले नदी किनारका वासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
नारायणी नदीमा पानीको तह ११ मिटर पुग्नुलाई खतराको संकेत मानिन्छ । अहिले नारायणीमा पानीको सतह ११.२१ मिटर रहेको जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कले देखाएको छ ।
प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले गण्डकी प्रदेशका विभिन्न जिल्लामा भइरहेको अत्यधिक वर्षाका कारण केही दिनदेखि नारायणी नदी तथा कालिगण्डकी नदीमा जल सतह बढ्दै गएको बताउनुभयो । नारायणी नदीको जल सतह मापनले सतर्कता तह पार गरेकाले नदी कटान तथा डुवानको जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गर्नुभएको हो ।
नारायणी नदीमा पानीको तह ११ मिटर पुग्नुलाई खतराको संकेत मानिन्छ । अहिले नारायणीमा पानीको सतह ११.२१ मिटर रहेको जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कले देखाएको छ ।
यस्तै, नवलपुरमा गत ५ दिनदेखि लगातार पानी परिरहेको छ । गएरातिदेखि भारी बर्षा भइरहेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा १०१ दशमलव ८ मिलिमिटर पानी परेको छ भने पछिल्लो १ घण्टामा २५ दशमलब ४ मिलिमिटर पानी परेको विभागले जनाएको छ ।
रातिदेखि भारी बर्षा भएसँगै नवलपुरका कावासोतीको केरुङ्गे खोला, लोकाहा खोला, डण्डाको पत्थर खोला, गिरुवारी खोला, दलदलेको बौलाहा खोलाका साथै नारायणी नदीमा पानीको बहाब बढेको छ ।
अहिलेसम्म जोखिम तहभन्दा तल नदी तथा खोलामा पानीको सतह भए पनि यहाँ निरन्तर अहिलेकै अवस्थामा भारी बर्षा भइरहे नारायणी नदी लगायत खोलाको सतह बढ्न गइ बाढी र पहिरोको जोखिम बढ्न सक्ने भन्दै सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
नवलपुर पनि अहिलेको सक्रिय मनसुनमा उच्च जोखिममा परेको जिल्ला भएकाले सबैलाई सतर्क रहन आग्रह गर्नुभएको छ । विपद व्यवस्थापन समितिको केही दिनअघि बसेको वैठकले पालिका, रेडक्रस, प्रहरीलगायतका सुरक्षा निकायलाई उच्च सर्तकताका साथ रहन आग्रह गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नारायणीले चेतावनी तह पार गर्यो, #सतर्क रहन प्रशासनको आग्रह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्