Techie IT
मंगलबार, वैशाख २३,२०८२

तारकेश्वर लोलाङ्ग पृथ्वीनारायण मार्ग बस्तीमा बाढी पस्यो , पचास लाख बढीको क्षती


तारकेश्वर काठमाडौं । शनिबार राती भएको अविरल वर्षासंगै आएको बाढीले तारकेश्वर पृथ्वीनारायण मार्गमा पर्ने लोलाङ्गमा केही घर डुवानामा परेको छ । शनिबार राती परेको पानीले स्थानिय केही घर र पसलहरु डुवानमा परेका छन । बाढीका कारण ५० भन्दा धेरै घर प्रभावित बनेका छन भने पचास लाख बराबरको क्षती भएको अनुमान गरिएको छ ।

तारकेश्वर ५ लोलाङ्गका स्थानिय बासी एवं बानिँया हार्डबेयर प्रा.लि का संचालक अजित बाँनियाका अनुसार बिस बर्ष पुरानो कमोरे खोला पुल थुनीदा खोला बस्तीमा पसेको हो । साँघुरो पुलमा लेदो भरीदा बाढीले स्थानिय निश्चल किराना पसल , धिताल मासु पसल , शर्मा काठ फर्नीचर लयातका पसलहरुमा क्षती भएको हो ।

कमोरे खोलामा ूथानिय चो गाँउ देखी कुमारटार र नार्गाजुन जंगलसम्मको पानी आउदा प्ुल स्तरउन्नती नहुन्दा बेला बखत बाढी बस्तीमा पस्ने गरेको स्थानियको भनाइृ छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #तारकेश्वर लोलाङ्ग पृथ्वीनारायण मार्ग बस्तीमा बाढी पस्यो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:18 am6:41 pm +0545