Techie IT
बिहीबार, कात्तिक २७,२०८३

आरक्षण नेशनल स्कूलको नतिजा शतप्रतिशत


प्रदीप ढकाल ,भक्तपुर
असार १६, आईतबार ।

भक्तपुरको सुडालको आरक्षण नेशनल एकेडेमी स्कूलले एसइइ २०८० मा शतप्रतिशत नतिजा ल्याउन सफल भएको छ । चाँगुनारायण नगरपालिकाको सुडालको उक्त विद्यालयले जिपिए ३.६ देखि ४ सम्म ४ जनाको नतिजासहित शतप्रतिशत नतिजा ल्याउनसफल भएको हो । बिहीबार प्रकाशित नतिजा अनुसार सो विद्यालयका ८ जनाले ३.२ देखि ३.६ सम्मको जिपिए हासिल गरेका छन् ।

उत्कृष्ट र गुणस्तरीय शिक्षा दिइरहेको भक्तपुरको लोकप्रिय विद्यालयको रूपमा रहेको सो विद्यालयबाट गत वर्ष एसइइमा १२ जनाविद्यार्थी सहभागी भएको विद्यालयले जनाएको छ ।विद्यालयका प्रिन्सिपल अनोज बुढाथोकीले विद्यार्थी, अभिभावक, शिक्षक र कर्मचारीको संयुक्त प्रयास तथा विद्यार्थीको लगनले उक्तसफलता हासिल भएको जानकारी दिए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्