Techie IT
मंगलबार, वैशाख २३,२०८२

चक्रपथ विस्तार चाँडो नभए सरकारी गाडी चल्न दिँदैनाैं: प्रदीप पौडेल


काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले चक्रपथ बिस्तार चाँडो नभए सरकारी गाडी चल्न नदिने चेतावनी दिएका छन् ।

रिङरोड कलंकी–धोबीखोला सडकखण्ड विस्तारका लागि दबाब यात्राको सुरुवात गर्दै सांसद पौडेलले यस्तो बताएका हुन् ।

पौडेलले यो दबाब दिनको लागि यात्रा रहेको बताए ।यदि सरकारले गम्भीर रुपमा नलिएको खण्डमा हामी कलंकीदेखि ओम अस्पतालसम्मको कलंकी च्रकपथ १३ किलोमिटरसम्म सरकारी गाडीलाई चल्न नदिन पनि सक्छाैं । त्यो अवस्था नआवस् ।’ उनले भने ।

उनले चिनियाँ राजदुतसँग कुरा गर्दा नेपालले गर्नुपर्ने काम नसकेकाले बाटो विस्तारमा ढिलाइ भइरहेको  जवाफ पाएकाे बताए ।

यो सडक नबनेको पाँच वर्ष भयो २ वर्षअघि कांग्रेस पनि सरकारमा थियो यो गल्ती कसको भनेर पत्रकारले प्रश्न गरेको थियो । उनले प्रश्नको जवाफ दिँदै उनले गल्ती सरकारको बताए । उनले भने,‘सरकारमा जोजो छ चाहे त्यो एमाले होस् माओवादीहोस् वा कांग्रेसको होस् गल्ती सरकारको हो ।

उनले दबाब यात्राआज बिहान ७ बजेदेखि कलंकीबाट सुरु गरेका हुन्। कंलकी-स्वयम्भु-ठूलोभञ्याङ(बसपार्क-बसुन्धरा हुँदै साढे १० बजे धोबीखोला पुग्ने कार्यक्रम छ। उनले दबाब यात्रामा सहभागी हुने काठमाडौंवासीलाई पनि अपिल गरेका थिए ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #चक्रपथ विस्तार चाँडो नभए सरकारी गाडी चल्न दिँदैनाैं: प्रदीप पौडेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:18 am6:41 pm +0545