Techie IT
बिहीबार, कात्तिक २७,२०८३

उड्न लागेको जहाजबाट फर्काइए राजेशपायल, रक्सी खाएर झगडा गरेको आरोप


काठमाडौं । दुबई जान लागेका गायक राजेशपायल राई जहाज चढिसकेपछि फर्काइएका छन् ।

दुबईमा सांगीतिक कार्यक्रमका लागि हिँडेका राईमाथि अत्यधिक मदिरा खाएर एयरलाइन्सका कर्मचारीसँग झगडा गरेको आरोप छ ।

उनी त्रिभुवन विमानस्थलबाट फ्लाई दुबईको जहाजमार्फत् आज बिहानको उडानमा जान लागेका थिए ।

बोर्डिङ पास लिएर विमानभित्र प्रवेश गरेका राई पहिलै रक्सीले मातेको विमानस्थल स्रोतले बतायो ।

उनले विमानभित्र होहल्ला गर्नुका साथै एयरलाइन्सका कर्मचारीसँग लफडा गर्न थालेपछि प्रहरीको जिम्मा लगाइएको स्रोतको भनाइ छ ।

जहाज उनलाई नलिई अरु यात्रु लिएर उडिसकेको छ । राईलाई प्रहरीले ट्याक्सीमा हालेर घर पठाइदिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #उड्न लागेको जहाजबाट फर्काइए राजेशपायल, #रक्सी खाएर झगडा गरेको आरोप


तपाईको कमेन्ट लेख्नुहोस्